१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

सशस्त्र प्रहरी बल जमुनाह बियोपीले नेपाल प्रवेश गर्नेलाई स्वास्थ्य सामाग्री वितरण

Logo
प्रकाशित बुधबार, आषाढ ३०, २०७८

(सागर थापा)
बाँके । नेपालगन्जको ३८ डिग्री तापक्रममा गर्मीमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट जमुनाहाले घामपानी पनि नभनेर भारतबाट नेपाल प्रवेश गर्ने नागरिकहरुलाई अनिवार्य सनिटाइजर ,मास्क ,स्यनिटरी प्याड लगाएतको स्वास्थ सामग्री नि.शुल्क वितरण गर्दै आएको छ । नेपालगन्जको जमुनाह नाकामा बैशाख २२ गतेदेखि असार २८ गतेसम्मको अवधिमा ८६ हजार ८ सय ३० पीस सर्जिकल मास्क वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट जमुनाह बियोपिका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जिबन लाल बुढाले जानकारी दिनु भयो ।

सशस्त्र प्रहरीको यो अभियान प्रति सर्बसाधारण निकै खुशी भएका छ्न। सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँके गणपति एसपी अशोक बमको मातहत रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर मुख्य नाका जमुनाह बिओपीबाट खटिएको सशस्त्र प्रहरीले अनिवार्य स्वास्थ सामग्रीहरु वितरण गरिएको छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय रेडक्रस, युनिसेफ तथा आधार विकास नेपालको संयुक्त सहयोग र सहकार्यमा सशस्त्र प्रहरीले मास्क ८६ हजार ८३० पिस,सनिटाइजर ३९४ लिटर,फेससिल्द मस्क ७५ पिस, ग्लोभ्स ५०० जोर, सयानिटरी प्याड ५८ पिस र पम्प्लेट ३ हजार थान वितरण गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि नेपाल सरकारले २२ वटा नेपाल भारत सीमा नाकालाई बन्द गरेको छ । बाँके जिल्लाको नेपालगन्ज जमुनाह नाका सहित देशभर १३ वटा नाकामात्रै खुल्ला छन् । ती नाकाबाट रोजगारको शिलशिलामा भारत पुगेकाहरु धमाधम घर फर्किरहेका पनि छन् । उनीहरुको स्वास्थ्यलाई मध्यनजर गरेर सशस्त्र प्रहरीले स्वास्थ्य सामाग्री वितरण निरंतर गर्ने गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति (डिआइजी) किशोर प्रधानले नाकाबाट भित्रिने नेपालीहरुबाट भाइरस संक्रमणको जोखिम नफैलियोस भनेर स्वास्थ्य सामाग्री वितरण गर्ने गरिएको बताउनुभयो ।
भाइरस संक्रमणको जोखिम नियन्त्रण गर्न सबैको भूमिका महत्वपूर्ण हुने भएकाले नाकाबाट आउने हरेक नागरिकहरुको परीक्षण गरेर मात्र नेपाल प्रवेश गर्न दिने (डिआइजी) प्रधानले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!