(ABC-Sanchar)
दाङ । जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले आफु दाङ बस्दासम्म शाषक नभई जनताको सेवक भएर काम गर्ने बताएका छन् । रिर्पोटस क्लवल तुलसीपुरले बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले कसैको लोभ लालचमा परेर काम नगर्ने बताए । दाङको समृद्धी सुशासन र विकासका लागि आफु प्रतिवद्ध भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।