
(सर्मिला बोगटी)
धनगढी । टीकापुर नगरपालिका६ नारायणपुरबाट दुईजना लागु औषध खैरो हिरोइन सहित पक्राउ परेका छन। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार पक्राउ पर्नेमा टीकापुर नगरपालिका–७ बैदीका ३६ वर्षका लोकेन्द्र साउँद र २८ वर्षका धनसिँह सुनार रहेका छन।
उनीहरुलाई इलाका प्रहरी कार्यालय टीकापुर र सत्ती प्रहरी चौकीबाट खटिएको टोलीले विेशष सुराकीका आधारमा पक्राउ परेको हो। प्रहरीले स्थानीय कैलाश चौधरीको खोका पसल अघि बेञ्चमा कालो झोला लुकाएर राखेको अवस्थामा दुवैजनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुख डिएसपी प्रकाश सापकोटाको अनुसार उनीहरुको साथबाट प्रहरीले १४ ग्राम ९७० मिलिग्राम खैरो हिरोइन बरामद गरेको डिएसपी सापकोटाले जानकारी दिनुभएको छ ।