
ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरीका १५ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन् । 
बिहिबार बसेको बढुवा समितिको बैठकले १५ जना डीएसपीलाई एसपी बढुवाका लागि सिफारिस गरेको हो ।
साथै बढुवा सिफारिस समितिले बढुवाउपर चित्त नबुझे उजुरी गर्नको लागि सात दिनको समय दिएको छ ।