१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

ट्राफिक नियम तथा पार्किङ सम्बन्धि जनचेतनामुलक पर्चा पम्पलेट-बितरण

Logo
प्रकाशित शनिबार, साउन ०२, २०७८


(ABC Sanchar)
बिरगंज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर ग्रीन सिटीले ट्राफिक नियमको पालना सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेको छ । ग्रीनसिटी र जिल्ला ट्राफिक प्रहरीले संयुक्त रुपमा शुक्रबार सो जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

वीरगंज महानगर पालिका भित्र जथाभावी रुपमा गरिएको पार्किङ्गलाई मध्यनजर गर्दै सो जनचेतनामूलक कार्यक्रम गरिएको ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले पर्सा पोस्टलाई बताए ।

अध्यक्ष खेतानले आदर्शनगर एरियामा धेरै भिडभाड हुने भएकोले यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने उद्देश्यले ट्राफिक प्रहरीको सहयोगमा कार्यक्रम गरिएको थियो भने कार्यक्रममा पर्चा पम्प्लेटहरु समेत बाडिएको थियो । मादक पदार्थ सेवन गरि सवारीसाधन नचलाउ, दुर्घटनाबाट आफू पनि बचौ र अरु लाई पनि बचाउ, सवारी चलाउदा जथाभावी ओभरटेक न गरौ, लेन अनुशासनको पालना गरौ, फुट्पाथ तथा सडकमा जथाभावी पार्किङ्ग न गरौ, ट्राफिक संकेत वा इसाराको सदैव पालना गरौ, सवारी चलाउदा अनिवार्य रुपमा कागजपत्र साथ राखौ, सिटबेल्ट तथा हेल्मेटको प्रयोग गरौ, सुरक्षित तथा तोकिएको स्थानमा मात्र सवारी पार्क गरौं, शारीरिक अशक्तता भएका वृद्ध बृद्धा, केटाकेटीहरुलाई सडकमा प्राथमिकता दिऔ, ट्राफिक नियमको पालना गरी सभ्य नागरिकको परिचय दिउ जस्ता नाराहरु लेखिएको २०० भन्दा बढी सडकमा हिड्ने बटुवा तथा पसले ब्यापारीलाई पर्चा समेत बाडिएको थियो ।

त्यसैगरी पर्सा ट्राफिक प्रमुख ट्राफिक प्रहरी निरिक्षक सुमन कार्कीले चालक तथा पसलेहरुलाई जथाभावी सवारीसाधन पार्किङ नगरी तोकिएको ठाउँमा पार्किङ्ग गर्न अनुरोध गरेका थिए । आर्दशनगरको विभिन्न स्थानमा चारपाङ्ग्रे सवारी साधनलाई पार्किङ्ग निषेध गरिएको छ, पार्किङ्ग गर्नु परेको खण्डमा आदर्शनगरमा रहेको पुरानो बस पार्कमा चारपाङग्रे सवारीसाधन गाडी राख्न र मोटरसाइकल भने सडक किनारमा उचित पार्किङ्ग गरेर राख्न प्रहरी निरिक्षक कार्कीले सवारी धनी तथा चारपाङ्ग्रे चालकलाई सम्झाइ बुझाइ गरेका थिए ।

यसैबीच सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर ग्रीनसिटीले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई ३ थान ब्हिल लक समेत हस्तान्तरण गरेको छ ।

ट्राफिक प्रहरीले अहिले विभिन्न ठाउँहरुमा पुगेर नो पार्किङ भएको ठाउँमा सवारी नराख्न पटकपटक आग्रह गरिरहेकाले यद्यपि कसैले नियम कानुन भन्दा बाहिर गएमा जोकोहीलाई पनि कारवही गरिने ट्राफिक प्रहरी निरिक्षक कार्कीको भनाइ रहेको छ । कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताले समेत सहयोग पुर्‍याएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!