११ चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

बर्दियामा जंगली जनावरको आक्रमणमा एकजनाको मृत्यू

Logo
प्रकाशित आइतबार, साउन ०३, २०७८


(ABC-Sanchar)
बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ६ मोतिपुर बस्ने बर्ष ७० को गोरे थापा शिवपुरफाँटा सामुदायिक वनमा भैंसी गोठालो गएको अवस्था संगै गोठाला गएका मानिसहरु घर फिर्ता भएको र निज गोरे थापा घरमा नआएकोले स्थानियबासीहरु जंगल गई खो.त.गर्दा फेला नपरेको भनि बेलुका ८ बजे अस्थाई प्रहरी पोष्ट बकुवामा जानकारी प्राप्त हुनासाथ प्र.स.नि. अब्दुल कलाम खाँको कमाण्डमा प्रहरी टोली, ठाकुरद्वारा राष्ट्रिय निकुञ्जबाट जम्दार जय बहादुर चन्दको कमाण्डमा ८ जना ३ वटा हात्ती सहितको टोली र स्थानिय सहितले खोजतलास गरेका थिए । खोजतलाश गर्ने क्रममा असार ३ गते बिहान ८ बजेको समयमा ठाकुर बाबा ६ ओराही पुल देखी अन्दाजी ५०० मि. तल खोलाको बाँध नजिकै गर्दनको मासु खाई टाउको र शरिरको भाग छुट्टिएको, दाहिने खुट्टा शरिरको भाग बाट समेत छुट्टिएको, पैतलाको भाग बाहेक खुट्टाको भाग खाई मृत अबस्थामा फेला परेको बर्दिया प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आक्रमणकारी ड्रोनले विमानस्थल परिसरमा रहेको इन्धन डिपोलाई लक्षित गरी प्रहार गर्दा ठुलो आगलागी भएको छ। कुवेतको नागरिक उड्डयन प्राधिकरणले जारी गरेको आधिकारिक विज्ञप्ति अनुसार, प्रारम्भिक रिपोर्टमा आक्रमणबाट भौतिक क्षति मात्र भएको र कुनै मानवीय क्षति भएको छैन । कुवेत न्युज एजेन्सी (कुना) सँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता अब्दुल्लाह अल राज्हीले घटनास्थलमा तत्काल आपत्कालीन […]

पोर्चुगलको चिसो रातमा, जब विदेशी आकाशमा तारा टिलपिलाउँछन्, एउटा नेपाली युवाको मुटु भने घोराहीको माटोसँगै धड्किरहेको हुन्छ । आँखा बन्द गर्दा पनि त्यो पुरानो मिलनचोक, घोराहीको धुलो उड्ने सडक, राति दुई बजे पानीको लागि गाग्री बोकेर हिँड्ने आमाहरूको थकित अनुहार, र टाढा–टाढाबाट आएको सविन प्रियासन दाजुको आवाजले उनलाई सताउँछ । “म यतिबेला वैदेशिक रोजगारीको शिलशिलामा […]

काठमाडौं । यही चैत १३ गते मुलुकले नयाँ प्रधानमन्त्री पाउँदैछ । त्यसका लागि रास्वपाले आजको केन्द्रीय समिति बैठकबाट बालेन्द्र (बालेन) शाहलाई संसदीय दलको नेता बताएसँगै अर्को स्पेटको काम अघि बढ्छ । १३ गते राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै सपथ खुवाएसँगै वर्तमान प्रधानमन्त्री सुशीला कार्की स्वतः पदमुक्त हुनेछिन् भने शितलनिवासबाटै उनी निजी निवास जाने […]

error: Content is protected !!