२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

टिकापुर प्रहरीले खैरो हिरोईन र बाइकसहित एकजना पक्राउ

Logo
प्रकाशित सोमबार, साउन ०४, २०७८

(ABC क्राईमबिट)
धनगढी । ईलाका प्रहरी कार्यालय टिकापुरले लागूऔषध खैरो हिरोईन र मोटरसाइकल सहित एकजनालाई पक्राउ गरेको छ । प्रहरी चोकी कालाकुन्डा कैलाली प्रहरी नायब निरीक्षक राजेन्द्र सिंह कार्कीको कमान्डमा खटिएको प्रहरी टोलीले । भारतबाट आउदै गर्दा से ४ प ४३४५ नम्बरको मोटरसाइकल चालक लम्की चुहा नगरपालिका वडा नम्बर १० चुहा बस्ने बर्ष २४ को हिरा सिंह चौधरीलाई शंका लागेर चेकजाँच गर्ने क्रममा निजको साथबाट ५ ग्राम ४२० मिलिग्राम लागूऔषध सहित खैरो हिरोईन र मोटरसाइकल सहित फेला पारी पक्राउ गरि थप अनुसन्धानको भएको ईलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी प्रमुख डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभएको छ । ईलाका प्रहरी कार्यालय टिकापुरमा प्रहरी प्रमुख । डिएसपी सापकोटा आएदेखि टिकापुर प्रहरीले त्यस क्षेत्रमा लागूऔषध विरुद्ध बिशेश अभियान चलाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]