१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

कपिलवस्तु एसपी कार्कीको एक्सन भरुवा वन्दुक सहित ५ जना पक्राउ

Logo
प्रकाशित सोमबार, साउन ०४, २०७८

ABC (क्राईमबिट)
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा प्रहरी प्रमुख एसपी दान बहादुर कार्की आए पछी अपराधी गतिविधिहरु धमाधम नियन्त्रण र पक्राउ पर्न थालेको छ । यस्तै कपिलवस्तु प्रहरीले पेस्तोल र भरुवा वन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी पेस्तोल, म्याग्जिन, गोली, भरुवा बन्दुक र बारुदसहित पाँच जनालाई पक्राउ गरेको जानकारी गराएको हो। प्रहरीले कपिलवस्तु नगरपालिका ११ जहदी बाट १ जना र बाणगंगा नगरपालिका–८ मोर्मीबाट चार जनालाई हतियार सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी दान बहादुर कार्कीले बताए।
प्रहरीले हतियारसहित कपिलवस्तु नगरपालिका वडा नम्बर ११ जहदीका ३६ वर्षीय कोमन्नु भन्ने मातेश्वरप्रसाद यादवलाई पक्राउ गरेको जनाएको छ। तौलिहवा जितपुर सडकखण्डमा चेकजाँचको क्रममा भारतीय नम्बर प्लेट युपी ५५ डब्लु ८३२४ नम्बरको मोटरसाइकलमा सवार यादवले एकथान म्याग्जिन लोड गरिएको मेड ईन युएसए लेखिएको पेस्तोल बरामद गरेको हो।
यादवबाट ७६५ एमडी लेखिएको ४ राउण्ड गोली पनि बरामद गरेको छ। चोरी र हातहतियार खरखजना मुद्धामा २०७५ साल असार १६ गते पक्राउ परेका यादव २०७७ फागुन १७ गते धरौटीमा छुटे पनि अदालतमा फैसला हुन भने बाँकी छ। यस्तै बाणगंगाबाट पक्राउ पर्नेमा स्थानीय ५१ वर्षीय टिकाराम थापा, २५ वर्षीय गुमबहादुर राना, वर्ष ४७ को मिनबहादुर सेन र ४१ वर्षीय गोपाल थापा छन्। उनीहरुलाई ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको पक्राउ गरेको थियो।
प्रहरीले टिकारामको घरबाट २ थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने ६० थान छर्रा र बारुद, गुम बहादुरको घरबाट १ थान भरुवा बन्दुक तथा गोपालको घरबाट १ थान भरुवा बन्दुक फेला पारी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका हतियार जंगली जनावर मार्न प्रयोजनका लागि प्रयोग भएको कपिलवस्तु प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!