१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

पर्वको दिन परीक्षा नराख्न मुस्लिम समुदायको माग

Logo
प्रकाशित मंगलबार, साउन ०५, २०७८

(समीर अली बेहना)
बाँके । त्रिभुवन विश्व विद्यालयद्वारा हुने वार्षिक परिक्षा मुस्लिम समुदायको महान पर्व इदुल अजहाको दिन नराख्न मुस्लिम समुदायले माग गरेका छन् । त्रिभुवन विश्व विद्यालयबाट हुने वार्षिक परीक्षा प्रत्येक वर्ष पर्वको दिन राख्ने गरेको समुदायको भनाइ छ । समुदायले यस विषयलाई लिएर चौतर्फी आलोचना सुरु गरेका छन् । त्रिभुवन विश्व विद्यालयद्वारा सार्बजनिक गरिएको सूचना पत्रमा दृतिय बि बि एस , बि बि ए , बि एस सि लगायतको परिक्षा मिति साउन ५ गते देखी तोकिएकोले ६ गते पर्वको दिन समेत परीक्षा परेको छ । उक्त सूचना पत्रमा मुस्लिम समुदायको महान पर्व इदुल अजहाको दिन परिक्षा तोकिएकोले चौतर्फी आलोचना सुरु भएको हो ।

नेपाल वल्मा काउन्सिल बाँके तथा बर्दीयाका संयोजक मुफ्ती मोहम्मद कैफुल्वरा खानले भन्नु हुन्छ, ` पर्व कै दिन परिक्षा राख्नु र मुस्लिम समुदायको महान पर्वहरुमा सार्बजनिक विदा कटौती गर्नु चिन्ताजनक विषय हो । यस्तो समस्याहरु समाधान गर्न नेपाल सरकारको समयमा ध्यानाकर्षण हुन जरुरी छ । अन्य समुदाय जस्तै मुस्लिम समुदाय पनि नेपाली नागरिक रहेकोले पर्वमा कटौती भएका सार्वजनिक विदालाई पुनबहाली गर्नुपर्छ । पर्वको दिन तोकिएको स्थगित तत्काल गर्नु पर्छ । यसबाट मुस्लिम समुदायको विद्यार्थीहरुलाई समस्या भएको छ । देशको विभिन्न ठाउँमा अध्यनरत विद्यार्थीहरुलाई पर्व मनाउन घर फर्किनु पर्ने हुन्छ जुन परिक्षाको कारण सम्भव हुँदैन । जसले गर्दा सरकारले मुस्लिम समुदाको हकहितमा हुनेगरी त्रिभुवन विश्व विद्यालयले काम गर्न जरुरी छ ।´ मुस्लिम समुदायको अनुसार पञ्चायतकाल देखी मुस्लिम समुदायले पाई रहेको समुदायको महान पर्व ईदुल फित्र, ईदुल अजहा र ईदे मिलादुन नबिको सार्बजनिक विदा सरकारले कटौती गरी धर्म निर्पेक्षता माथी नै प्रश्न खडा गरेको छ । उहाँले भन्नु भयो तत्काल इदुल अजहाको विदा दिएपनी यसलाई राजपत्रमा घोषणा गर्न जरुरी छ । त्यस्तै नेपालगञ्ज मुस्लिम समाजका संस्थाका महासचिव एवम नेपाल हज कमिटीको केन्द्रिय सदस्य मेराज अहमद हल्वाइले भन्नू हुन्छ, `त्रिभुवन विश्वविद्यालय नेपालको एउटा त्यस्तो संस्था हो जहाँ सबै समुदायको विद्यार्थीहरु पढ्ने गरेको छन् । त्यसैले त्रिभुवन विश्वविद्यालयको विभिन्न संकायमा विभिन्न जातजातिका,भाषाभाषी ,धर्म र संस्कृति भएका विद्यार्थीहरु अध्यनरत विद्यार्थीहरुको आस्था श्रद्धामा चोट नपुग्ने गरि सूचना तयार पार्नु जरुरी छ । सबै समुदायको नागरिकहरुको मर्म र भावनाअनुरुप कार्य गरेमा मात्र सबैको”त्रिभुवन विश्वविद्यालय हो” भन्ने भावना प्रकट हुन्छ । लकड़ाउनको अवधि भरी विद्यार्थीहरुले घरमै समय विताउँदै आएका छन् जसले गर्दा पढाई हुन सकेको छैन । तर अचानक त्रिभुवन विश्वविद्यालयले परीक्षा लिन हतार गर्दै परिक्षा तोकनु विद्यार्थीहरुको हकहित विपरीत छ । त्रिभुवन विश्व विद्यालयले श्रावण ५ गतेदेखि बि.एससी दोस्रो बर्ष, बिबिएस दोस्रो बर्ष र बिए दोस्रो बर्षको परीक्षा लिने तालिका सार्वजनिक गरेको छ । त्यस तालिका अनुसार श्रावण ६ गते मुस्लिमहरुको दोस्रो ठुलो चाड इद-उल-अजहाको दिन समेत ३ वटै संकायको परीक्षा राखेको छ। मुलुकमा बस्ने मुस्लिम समुदायले लोकतन्त्र र धर्म निरपेक्षताको अनुभुती कहिले गर्न पाउने ? त्रिभुवन विश्व विद्यालयले परिक्षा तालिका तयार पार्दा सबैको चाडपर्वको ध्यान दिने तर मुस्लिम समुदायको बारम्बार उपेक्षा किन भएको छ ? कति ! दुर्भाग्य र लाजमर्दो अवस्था हो बनेको छ हाम्रो देशको । हाम्रो मुस्लिम नेताकार्यकर्ता र मुस्लिम आय‍ोगको समेत बिजोग अवस्थामा छ । प्रत्येक वर्ष भिख जस्तै सार्वजनिक बिदाको लागि प्रधानमन्त्री र गृहमन्त्री कहाँ विज्ञप्ति लिएर जाने त्यहाँबाट आश्वासन लिएर आउने काम मात्र भएको छ । मुस्लिम विद्यार्थीहरुको लागि हरेक वर्ष चिन्ताजनक विषयको रुपमा सूचना सार्बजनिक हुने गरेकोले कानुनी र संवैधानिक रुपमा मुस्लिम समुदायको पर्वहरुमा राष्ट्रिय स्तरमा सार्वजनिक विदा राज्यले दिनुपर्छ भनी उहाँको भनाइ थियो । त्यसकारण नेपाल सरकार, त्रिभुवन विश्वविद्यालय ,मुस्लिम आय‍ोग लगायत विभिन्न विद्यार्थी संगठन र दलका नेता लगायत सम्पूर्ण शौक्षिक सरोकारवाला निकायहरुले समयमै ध्यानाकर्षण गरि मुस्लिम समुदाय र मुस्लिम विद्यार्थीहरुको हकहित अनुकूल हुने गरि नीति नियम बनाउनु पर्छ । ´

त्यस्तै महेन्द्र बहुमुखी क्याम्पसमा अध्यनरत शेराज सिद्दीकीले भन्नु हुन्छ, ` नेपाल सरकारले मुस्लिम समुदायको महान पर्व कटौती गरेर निर्पेक्षता नै गुमाएको छ । पटकपटक यस विषयमा मुस्लिम समुदायले आवाज उठाउँदा समेत ध्यानाकर्षण नहुनु चिन्ताजनक विषय हो । हल्वाइले बताए कि यस विषयमा नेपाल मुस्लिम आयोग, मुस्लिम विद्यार्थी , मुस्लिम अगुवा र विभिन्न दलहरुले समेत पटकपटक आवाज उठाउँदै आएको छन् । उहाँले बताउनु भयो त्रिभुवन विश्व विद्यालयले तत्काल पर्वको दिन तोकिएको परिक्षालाई स्थगित गरी प्रज्ञागिक संस्था रहेको अनुभुती गराउन जरुरी छ ।´ त्रिभुवन विश्व विद्यालयको विद्यार्थीहरुसंग सोधपुछ गर्दा एकजना महेन्द्र बहुमुखी क्याम्पसमा पढ्ने मुस्लिम समुदायको युवा बिद्यार्थी रिजवान अहमद सल्मानीले भने `प्रत्येक वर्ष टि यू ले पर्व कै दिन परिक्षा सञ्चालन गरेकोले हामीलाई पर्व मनाउन सास्ती हुन्छ, हामीले ईदको नमाज पढ्ने समय समेत मिलाउन सकेको हुँदैनौं ।´ जबकी सहमत हुशैन अन्सारीले भन्नु हुन्छ सरकारले मुस्लिम समुदायको पर्वहरुमा कटौती गरेको सार्बजनिक विदा पुनः दिई लोकतान्त्र र धर्म निर्पेक्ष रास्ट्रको अनुभुती गराउन सक्छ । एउटा लोकतान्त्रिक गणतन्त्र देशमा सबै समुदायको अनुकूल हुने गरि निति नियम हुन अत्यन्त जरुरी हुन्छ । उहाँले भन्नु भयो बहुल्यताको आधार भन्दा सरकारले सबैको आस्था श्रद्धालाई जोगाउने तिर लाग्नु पर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!