१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

दाङ प्रहरीले लोपोन्मुख रेडपाण्डाको छाला सहित एक जना पक्राउ

Logo
प्रकाशित मंगलबार, साउन ०५, २०७८


ABC (क्राईमबिट)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले रेडपाण्डाको छाला सहित सल्यानका एक जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका ११ खैरामा रेडपाण्डाको छाला बिक्रि बितरण तथा ओसारपसार भईरहेको भन्ने बिशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको (सिबिल) प्रहरी टोलीले सल्यानको छत्रेश्वरी गाउँपालिका १ दामाचौरका ३२ बर्षिय लोकमान सुनारलाई पक्राउ गरेको हो ।
चेकजाँच गर्ने क्रममा प्रहरीले सुनारको झोलाबाट ३ फिट ३ ईन्च लम्वाई र ८ ईन्च चौडाई भएको नङ्ग्रा सहितको पुच्छरदेखि टाउको सम्मको सुकेको छाला एक थान, रा ४ प ९८५० नम्वरको एउटा मोटरसाईकल र दुई वटा मोवाईल बरामद गरेको छ ।
पक्राउ परेका सुनार माथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । एउटा जवान वा हवल्दारले रगत पसिना बगाएर सेवा गर्दै अवकाश लिँदा सानो घर बनाउनसमेत संघर्ष गर्नुपर्छ। तर केही अधिकृतहरूको सम्पत्ति भने करोडौँमा कसरी पुग्छ ? के यो इमानदार सेवाको प्रतिफल हो, वा कहीं न कहीं प्रणालीभित्रै समस्या लुकेको छ? यस्तो प्रश्न उठ्नु स्वाभाविक देखिन्छ। अब पारदर्शिता र उत्तरदायित्वका लागि सम्पत्ति छानबिन गर्ने समय […]

उर्लाबारी । इलाका प्रहरी कार्यालय (इप्रका) उर्लाबारीको इतिहासमा पहिलोपटक महिला नेतृत्व आएको छ । सोमबारदेखि प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीना वलीले उर्लाबारी प्रहरीको कमाण्ड सम्हाल्ने भएकी छन् । उपत्यका प्रहरी कार्यालय, उजुरी छानबिन तथा मानवअधिकार शाखा रानीपोखरी, काठमाडौंबाट सरुवा भई आएकी वलीलाई प्रहरी संगठनभित्र कुशल र परिणाममुखी अधिकृतका रूपमा चिनिन्छ । यसअघि कार्यरत इन्सपेक्टर रञ्जन बरालको […]

काठमाडौं । सशस्त्र प्रहरी बलमा भावी संगठन प्रमुख अर्थात् प्रहरी महानिरीक्षकका लागि दौड सुरु भएको छ । हालका आईजीपी राजु अर्याल अवकाशमा जान लागेपछि भावी आईजीपीका लागि प्रतिस्पर्धा सुरु भएको हो । अर्याल वैशाख १८ मा सशस्त्र प्रहरी बलको चारवर्षे कार्यकाल पूरा गरेर अवकाशमा जान लागेका छन् । उनी अवकाशमा गएपछि आईजीपीमा उनीसँगै एकैपटक भर्ना […]

error: Content is protected !!