२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सञ्चारकर्मी विरेन्द्र गिरीकी आमाको जिवन बचाउन अपिल

Logo
प्रकाशित बुधबार, साउन ०६, २०७८

(ABC-Sanchar)
दाङ । भालुवाङ्ग सञ्चारकर्मी विरेन्द्र गिरीले आफ्नी बिरामी आमाको जिवन रक्षाका लागि सवै सँग अपिल गरेका छन् । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा अवस्थित रेडियो राप्ती तथा राप्ती टेलिभिजनमा कार्यरत सञ्चारकर्मी गिरीकी आमा बिरामी भएर अस्पतालको शैयामा छटपटाइ रहेकीले आमाको ज्यान बचाउन सवै सँग आग्रह गरेका छन् ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ५ दलदलहा निवासी सञ्चारकर्मी गिरीकी आमा बिमला गिरीको पाठेघर सम्बन्धी समस्या रहेको छ । लामो समय देखि पाठेघरबाट रगत बगिरहेको छ । गिरीको अहिले जिल्ला अस्पताल तौलहवामा उपचार भइरहेको छ ।
डाक्टरका अनुसार पाठेघरको अप्रेसन गर्नुपर्ने र तत्काल अप्रेसन नगरे क्यान्सर भई ज्यान जोखिममा पर्न सक्ने भएकाले समयमै अप्रेसन गर्नका लागि आफु सँग धनसम्पती नभएकाले अप्रेसनका लागि चाहिने रकम सहयोग गरिदिन हुन सञ्चार माध्यम, पत्रकार महासंघ, संघ संस्था, उद्योगी व्यापारी, राष्ट्रसेवक कर्मचारी तथा सहयोगी मनकारी व्यक्तिहरुमा सञ्चारकर्मी गिरीले आग्रह गरेका छन् ।
सञ्चारकर्मी गिरीको आमालाई सहयोग गर्न चाहनेले विरेन्द्र गिरीको नाममा रहेको कामना सेवा विकाश बैंङ लि.को खाता नम्बर ०३३१३५००२४६४०३०००००१मा सहयोग रकम जम्मा गर्न वा मोबाइल नम्बर ९८११९७६४३३, ९८६४४१७२९८ वा रेडियो राप्ती तथा राप्ती टेलिभिजनको फोन नम्बर ०८२–५८०२९३ मा फोन गरी सहयोग रकम पठाउन सक्नु हुने छ ।
सञ्चारकर्मी गिरी घरको जेठो छोरा हुन् । उनको घरको आर्थिक अवस्था एकदमै नाजुक छ । उनी दृष्टिविहिन व्यक्ति हुन् । भाई पनी सानै रहेको र बुबाले केही गर्न नसक्ने अवस्था रहेको छ । यस्तो बेला सञ्चारकर्मी गिरीको काधमा धेरै जिम्मेवारी थपिएको छ । उनी दृष्टिविहिन भएकाले केहि गर्न सकिरहेका छैन् । आफ्नो पढाई खर्च जुटाउन उनी विभिन्न सन्चार माध्यममा काम गरिरहेका छन् । तर सञ्चार माध्यमहरुबाट आउने तलवले जसोतसो आफ्नो पेट पाल्ने काम भन्दा अरु केहि भएको छैन । जति सुकै योग्यता भएपनी योग्यता न हेरी शारिरीक विशेषताकै आधारमा विभेद गरिएको हुन्छ । काम जति सुकै राम्रो भएपनि त्यो काम भन्दा पनि शारिरिक विशेषता हेरी आफुहरुलाई कमजोर बनाइने गरेको उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही १५ केवल एउटा सहरको नाम होइन, यो हाम्रो पहिचान, हाम्रो सम्भावना र हाम्रो साझा भविष्य हो। हामीले कस्तो घोराही निर्माण गर्ने भन्ने कुरा सरकार वा स्थानीय तहको मात्रै जिम्मेवारी होइन। यसका लागि यहाँका प्रत्येक नागरिकको सोच, सहभागिता र सक्रियता आवश्यक हुन्छ। अझ विशेषगरी युवाहरूको सिर्जनशील ऊर्जा, नयाँ सोच, क्षमता र नेतृत्वलाई सही […]

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]