१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

६० हजारको लोभले १५ वर्ष जेल जीवनभर पश्चाताप गर्दै

Logo
प्रकाशित बिहिबार, साउन ०७, २०७८

 

(ABC-Sanchar)
चितवन । जिल्लाको कोराकका एक चेपाङले रु ६० हजारको लोभले १५ वर्ष जेल जीवन बिताउनु पर्यो। जेल जीवन त पूरा भयो तर आफ्नो जीवनका बाँकी समय पनि उहाँका पश्चाताप र नैराश्यतामा बितेका छन्।

पुख्र्यौली सम्पत्ति भएकाले परिवारको विछोड त भएन सुख र चैन भने परिवारमा कहिल्यै मिलेन । राप्ती नगरपालिका–१० कोराकका ५९ वर्षीय वीरबहादुर प्रजा (चेपाङ) ४१ वर्षको उमेरमा दुर्लभ एकसिङ्गे गैँडाको खाग तस्करी मुद्दामा पक्राउ पर्नुभयो । तीन वर्ष अघि आफ्नो १४ वर्ष आठ महिना जेल जीवन बिताएर घर फर्किनुभएका प्रजाले आफ्नै घरमा व्यवसाय थाल्नुभएको छ।

जिल्लाको पहाडी क्षेत्रमा पर्ने कोराकको समिटारको उहाँको निवासमा पुग्दा उहाँ काममा व्यस्त हुनुहुन्थ्यो। घरमै मदिरा पसल शुरु गर्नुभएका प्रजाले छुट्टै कोठामा आफ्ना बेदना पोख्दै गर्दा उहाँका आँखा आँशुले रसाएका थिए।

विगतको जेलजीवन र त्यसपछिका उहाँका दिन त्यति सुखी र खुशी छैनन्। चितवन, काठमाडौँ, वीरगञ्ज र पोखराका कारागारमा बस्दाको समय सम्झँदै उहाँले भन्नुभयो, “रगतको आँशु बगाएर जेल जीवन पार गरेँ, यो कुकर्ममा जार पनि नलागोस् र जेल जान नपरोस्।”

त्यसो त उहाँ रु ६० हजार पाउने लोभमा फस्नुभयो। घिसिङ थरका एक व्यक्तिसँगै दुर्लभ एकसिङ्गे गैँंडा शिकारका क्रममा भरिया बनेर उहाँ निकुञ्ज पुग्नुभयो। तस्कर टोलीको भरियाको काम उहाँले गर्नुभयो । काम फत्ते भएमा रु ६० हजार पाउने लोभ उहाँलाई दिइयो । उहाँ दुई पटक गरेर रु १५ हजार मात्रै पाएको बताउनुहुन्छ। त्यही बीचमा वि सं २०५९ सालतिर घिसिङ समातिएको र उसैका कारण आफू पक्राउ परेको उहाँको भनाइ छ।

पक्राउ पर्ने थाहा पाएपछि लुक्न भारत जाने भन्दै पर्साको ठोरी पुगेका प्रजा त्यहाँबाट पारी जान सक्नुभएन। दुई महिनाको आवतजावतपछि ठोरीबाट उहाँ पक्राउ पर्नुभयो । विसं २०५८ तिर भरियाको काम गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, “रासन पानी बोकेर पैसा पाइन्छ भनेपछि यो कुकर्ममा लागियो।” राप्ती नदी तरेर जङ्गलमा बस्दै गर्दा पक्राउ परेर कारवाहीमा परिन्छ भन्ने थाहा भए पनि लुकेर बचिन्छ भन्ने लागेर यस्तो कार्यमा लागेको प्रजा बताउनुहुन्छ।

त्यति बेलाको रु ६० हजार धेरै हुने र आर्थिक अभावले गर्दा यो कुकर्ममा लागेको उहाँको भनाइ छ । त्यति बेलाका साथी दौतरीका गाउँमा घर बनेका छन् कतिपयको शहरमा घरसँगै गाडी रहेको सुनाउँदै उहाँले आफ्नो अवस्थालाई आफैले हेर्दा लाज भएको दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो, “उमेर पनि फालियो, समय पनि बित्यो, केही गर्न पनि सकिएन।”

आँखाभरी आँशु पार्दै उहाँले जीवनको पहिलो र अन्तिम भूल यही नै भएको सुनाउनुभयो। बाबुको एकमात्रै सन्तान प्रजाले बाबुले जोडको दुई बिघा पाँच कठ्ठा जग्गामध्ये बिक्री गरेर अहिले एक बिघाहा आठ कठ्ठा मात्रै बाँकी छ । जेलबाट छद्दै गर्दा निकुञ्जमा रु चार लाख जरिवानासँगै वकिल र आउजाउलगायतका खर्चमा रु। नौ लाखभन्दा बढी सक्किएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “मान्छेले गरेका गलत काम ढिलो छिटो बाहिर आउँछ।”

जेल जीवनपछि समाजमा बाच्न पनि कठिन सङ्घर्ष गरिरहनु परेको उहाँले गुनासो गर्नुभयो। “अगाडिबाट नभने पनि गैंँडा चोर्न गएछ, १५ वर्ष जेल बसेर फर्किएको छ भनेर भन्छन्”, उहाँले गुनासो गर्दै भन्नुभयो “चोरीमा गएको पनि हो, जेल पनि बसेकै हो, तर तारन्तर भनिरहँदा दिक्क लाग्छ।”

भूकम्प प्राधिकरण र चेपाङ आवास कार्यक्रमले भत्किएको घर बनाईदिएपछि त्यही घरमा उहाँले व्यवसाय शुरु गर्नुभएको छ। जग्गा धितो राखेर रु २० लाख ऋण लिएर व्यवसाय थाल्नुभएका प्रजा विगतलाई भुल्ने प्रयास गर्दै भेट हुनेहरुलाई आपराधिक गतिविधिमा नलाग्न र संरक्षणमा जुट्न सुझाव दिनुहुन्छ। आफ्नो गाउँको सामुदायिक वनमा संरक्षण गरेर विगतको पापलाई पखाल्ने सोचमा उहाँ हुनुहुन्छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!