२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

चितवन राष्ट्रिय निकुञ्जमा मृत गैंडा फेला एकआपसमा जुधेर मरेको आशंका

Logo
प्रकाशित शुक्रबार, साउन ०८, २०७८

(राकेश श्रेष्ठ)
चितवन । निकुञ्जको धुधौरा क्षेत्रमा बिहीवार अन्दाजी २५/३० वर्षको भाले गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार २ वटा भाले गैंडा एकआपसमा जुधेर घटना भएको निकुञ्जको अनुमान छ।

मृत्यु भएको गैंडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले बताए।

यससँगै चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्ष २०७८/७९ मा ३ वटा भाले गैंडाको मृत्यु भएको छ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]

(एबिसि संचार ) नेपाल पत्रकार महासंघको २७ औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । शुक्रबार र शनिबार राष्ट्रिय सभागृहमा हुने महाधिवेशनको आज बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने कार्यक्रम रहेको छ । केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरू काठमाडौंमा आइसकेका छन् […]