२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

नवलपरासी राजमार्गमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध

Logo
प्रकाशित शुक्रबार, साउन ०८, २०७८


(ABC-Sanchar)
काठमाडौं । मदन भण्डारी राजमार्गको कुलेखानी सिस्नेरी दक्षिणकाली सडकखण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङ सडकमा आज बिहान सुक्खा पहिरो जाँदा त्यहाँको यातायात सेवा अवरुद्ध भएको छ ।

पहिरोले सडकको करिब ३५ मिटर लामो भाग पुरेकाले त्यसलाई पन्छाउन सडक विभागको प्राविधिकसहितको टोली गइसकेको र आजै अपरान्हसम्म पहिरो हटाई यातायात सेवा सञ्चालन गर्ने प्रयास भइरहेको सिस्नेरी प्रहरीचौकीले जनाएको छ ।
पहिरो पन्छाउन सिस्नेरीबाट खटिएको प्रहरी टोलीले समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताए। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) वैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनि कुवेत पु¥याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बस्ने ४७ वर्षीय श्यामबाबु बराकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बाट पक्राउ गरेको हो ।श्यामबाबु समेतले पीडितलाई नेपाल सरकारबाट […]

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]