१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

बिकास निर्माणको काम मेरो पहिलो प्राथमिकता हो अध्यक्ष: अधिकारी

Logo
प्रकाशित शुक्रबार, साउन ०८, २०७८


(ABC-Sanchar)
दाङ । गढवा गाउँपालिकाको वडा नं. १ भौगोलिक रुपमा विकट वडाका रुपमा रहेको छ । पूर्वमा लुम्विनी प्रदेशको राजधानीको प्रदेशद्धारका रुपमा रहेपनि वडा नं. १ विकासका पूर्वाधारका दृष्टिले विकट छ । ५८ वर्गफिट भूगोलमा फैलिएको वडामा ३ हजार बढी घर परिवार रहेका छन् । भौगोलिक रुपमा विकासका लागि विकट वडाका रुपमा हरेको वडामा स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि के के परिवर्तन भएका छन भनेर गोरक्षकर्मीले गढवा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष एव गाउँपालिका प्रवक्ता समेत रहेका बाबुराम अधिकारीसँग गरिएको कुराकानी । तपाई वडाध्यक्षका रूपमा निर्वाचित भएपछिको चार वर्ष कस्तो रह्यो ?
समग्रमा चार वर्ष राम्रै भएको छ । सकारात्मक रूपमै कामलाई अघि बढाएका छौँ । काम गर्दा केही कठिनाई र अप्ठेराहरू आए पनि जनताको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै वडाको विकासका लागि काम गरिरहेका छौँ । चार वर्षको अवधिमा जनताका लागि अत्यावश्यक विकासका पूर्वाधारहरूका रूपमा रहेका सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युतलगायतका क्षेत्रमा धेरै नै काम गरेहका छौँ ।
वडाको बजेट मात्रले विकास गर्न सम्भव छैन । त्यसैले गाउँपालिका, प्रदेश सरकारसँगै यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरूको पहलमा वडामा धेरै विकास निर्माणका काम भएका छन् । जसले गर्दा मलाई वडाको विकासका लागि धेरै काम गरेको छुझैँ लागेको छ ।
चार वर्षको अवधिमा वडाको विकासका लागि के–के काम गर्नुभयो ? अहिले हामी चार वर्ष पूरा गरेर पाँच वर्षमा प्रवेश गरेका छौँ । चार वर्षको अवधिमा वडाको विकासका लागि धेरै काम भएका छन् । सीमित बजेट र स्रोत साधनका वावजुद पनि हामी जनप्रतिनिधिका रूपमा वडामा आए पनि विकासका पूर्वाधारका रूपमा सडक, शिक्षा, खानेपानी, स्वास्थ्य, बिजुलीलगायतको विकाससँगै जनताको जीवनस्तरलाई परिवर्तन गर्ने गरी धेरै काम भएका छन् ।
हामी वडामा जनप्रतिनिधिका रूपमा निर्वाचित हुँदा वडाका प्रत्येक बस्तीहरूमा सडक सुविधा थिएन । एक गाग्री खानेपानी ल्याउनका लागि घण्टौसम्म लाइनमा बस्नुपर्ने बाध्यता थियो । वडामा स्तरीय स्वास्थ्य सुविधा थिएन । विद्युतको समस्या थियो । शिक्षाका लागि राम्रो विद्यालय थिएन । तर, अहिले हामीले सबै बस्तीहरूमा पुग्नका लागि सडकको ट्रयाक खोलेका छौँ । विद्युतको समस्या समाधान गरेका छौँ । सबै बस्तीमा विद्युत पुगेको छ
बत्ती बाल्नका लागि भोल्टेज नपुग्ने समस्या हटाएका छौँ । खानेपानीका लागि ठूलो लगानी गरेका छौँ । प्रदेश सरकारसँगै गाउँपालिका र वडाले समेत खानेपानीका लागि बजेट विनियोजन गरेर प्रत्येकका घर–घरमा धारा जडान गर्दैछौँ । कतिपय घरहरूमा पानी पुगिसकेको छ । कतिपय योजनाहरू अहिले पनि निर्माणका क्रममा रहेकाले यो आर्थिक वर्षभित्र वडाका सबै जनताले खानेपानी पाउनेमा म ढुक्क छु ।
शिक्षाका लागि जनता माध्यमिक विद्यालय कालाकाँटे यस वर्ष गाउँपालिकाको उत्कृष्ट विद्यालयका रूपमा पुरस्कृत भएको छ । सिंचाइका लागि नाला निर्माण समेत गरेका छौँ । यो हिसाबले भन्दा हामीले चार वर्षको अवधिमा जनताको चाहना र मागअनुसार धेरै विकास निर्माणका काम गरेका छौँ । थप यस वर्ष गर्दै छौँ ।यस आर्थिक वर्षमा के–के काम गर्दै हुनुहुन्छ ?
 यो वर्ष हामी जनप्रतिनिधिको अन्तिम वर्ष हो । त्यो हिसाबले वडामा छुट्टै विकास निर्माणका काम गर्ने अवस्था छैन । कोरोना भाइरसका कारण विगत दुई वर्षदेखि धेरै गर्नुपर्ने कामहरू पनि राम्रोसँग हुन सकिरहेका छैनन् । त्यसैले गर्दा चुनाबी प्रतिबद्धताअनुसार जनतासँग गरेका वाचा र जनताका आवश्यकता अनुसारका बाँकी रहेका योजनाहरूलाई यस वर्ष बजेटमा पारेर काम गर्दै छौँ ।
अरू विगतका बाँकी रहेका र गर्नुपर्ने योजनाहरू छन् । लुम्बिनी प्रदेशको राजधानीका लागि प्रदेश सरकारले हाम्रो वडालाई पनि छनोट गरेकाले अहिले वडामा ठूला विकास निर्माणका कार्यहरू गर्न नपाउने अवस्था छ । प्रदेश सरकारले गुरूयोजना निर्माण गरे पनि प्रदेश सरकारले नै विकासलाई अघि बढाउने आशा छ ।वडामा विकासको काम गरिरहँदा जनताको चाहना कस्तो पाउनुभयो ?
 गढवा गाउँपालिकाको १ नम्बर वडा भौगोलिक रूपमा विकट वडा हो । त्यसमा पनि विपन्न परिवारहरूको बसोवास रहेको क्षेत्र हो । चौधरी, कुमाल र दलितहरूको मुख्य बाहुल्यता रहेको छ । देश लामो समयसम्म जनप्रतिनिधिविहीन भएको अवस्थामा हामी जनताको प्रतिनिधिहरूका रूपमा आएका हौँ
हामीले चुनावमा जनताको घरदैलोमा जाँदा पनि उहाँहरूले गाउँमा सडक सुविधा हुनुप¥यो, बिरामी हुँदा उपचार गर्ने अस्पताल हुनुपर्छ, बालबालिकालाई पढाउनलाई राम्रो विद्यालय, खानेपानीको व्यवस्था, बाल्ने बिजुली बत्ती र खेतीका लागि सिंचाइको माग गर्नुभएको थियो । त्यहीअनुसार हामीले काम गरिरहेका छौँ । सबै वडामा नपुगे पनि धेरै वडामा विकासका पूर्वाधारहरू पु¥याएका छौँ । विद्यालयलाई सुधार गरेर गाउँपालिकाकै नमुना विद्यालय बनाएका छौँ । अस्पताल निर्माण गर्न नसके पनि कुनै ठाउँमा स्वास्थ्यचौकी त कुनै ठाउँमा सहरी स्वास्थ्य केन्द्र स्थापना गरेका छौँ ।

यसैगरी किसानको माग अनुसार कृषि पेशालाई भरपर्दाे र आय आर्जन गर्ने पेशाका रूपमा विकासका लागि किसानलाई तालिम, उन्नत जातको बिउ, पशुहरू वितरण गर्ने गर्दै आएका छौँ । कतिपय ठाउँमा पक्की पुल र झोलुङ्गे पुलको पनि माग गर्नुभएको छ । त्यी योजनाहरू हामीले गर्न सम्भव नभएकाले गाउँपालिका, प्रदेश सरकार र संसद्सँग समेत पहलका लागि कुरा गर्ने गरेका छौँ । यो भन्दा जनताले केही ठूला योजनाहरू माग्नुभएको छैन ।

 यो अवधिमा वडाको समृद्धि र जनताको जीवनस्तरलाई माथि ल्याउने केही काम गर्नुभयो ?

पक्कै पनि हामीले वडाको समृद्धि र जनताको जीवन स्तरमा परिवर्तन ल्याउनकै लागि काम गरेका छौँ । हाम्रो वडा कृषि र पशुपालनका लागि सम्भावना भएको क्षेत्र हो । कृषि र पशुपालनलाई पेशालाई आधुनिकीकरण पेशाका रूपमा विकास गर्नका लागि किसानलाई विभिन्न समयमा तालिम दिने र उन्नत जातका बिउविजन दिने काम गरेका छौँ । सिंचाइको व्यवस्था मिलाएका छौँ । गोरक्ष दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!