२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

वर्किङ भिसामा अमेरिका पठाउँछु भन्दै ७४ लाख ठगी गर्ने ३ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, साउन ०८, २०७८

 

ABC (क्राईमबिट)
काठमाडौं । वर्किङ भिसामा अमेरिका पठाउँछु भन्दै झुक्काएर रकम ठगी गरेको अभियोगमा ३ जनालाई पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कपिलवस्तु वाणगंगा नगरपालिका-४ हरिहरपुर स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका-१८ भकुण्डे बस्ने २४ वर्षीय बिकास भन्ने बिनोद भुसाल, कास्की पोखरा महानगरपालिका-२ मिरुवा वतन भएका ३१ वर्षीय पुकार गुरुङ र सोही महानगरपालिका-१२ रानीपौवा वतन भएका ३० वर्षीय प्रकास गुरूङ रहेका छन् ।

बिनोदले विगत दुई वर्षदेखि पुकार, प्रकाश लगायतका व्यक्तिहरूको बैंक खातामा पटक पटक गरी पीडितलाई ७४ लाख ९ हजार ५ सय रुपैयाँ रकम जम्मा गर्न लगाई ठगी गरेको भन्ने खबर साउन १ गते प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जमा प्राप्त भएपछि खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

साथै अमेरिकामा थुनामा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनी २५ लाख रुपैया ठगी गरेको कसूरमा बिनोदलाई जिल्ला प्रहरी कार्यालय दाङले ठगी मुद्दामा कारवाही गरेको, अमेरिकामा रहेकी भनिएकी दिव्या राणाले कृषि फर्ममा वर्क परमिट भिसा दिलाउँछु भनि प्रलोभन देखाई बिनोदसँग सम्पर्क गरी भने बमोजिम गर्नु भनि पीडितलाई विश्वास दिलाएको र विनोदले विभिन्न व्यक्तिहरुको खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको साथै उनीहरूले अमेरिकन एम्बेसी काठमाडौंको नक्कली कागजातहरु बनाई पीडितहरुलाई झुक्याई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाईएको उक्त ब्यूरोले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(सैलेस बम ) दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । यहाँस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी रु ७७ लाख ५१ हजार तीन सय ४६ मूल्य बराबरको सामान […]

(एबिसि संचार )                                                                प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसीबी […]

(रबि बर्णवाल ) वीरगन्जमा रहेको नबिल बैंकबाट एक करोडभन्दा बढी रकम चोरी भएको छ ।आइतबार राती बैंकबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएपछि बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ। वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।