१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

वर्किङ भिसामा अमेरिका पठाउँछु भन्दै ७४ लाख ठगी गर्ने ३ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, साउन ०८, २०७८

 

ABC (क्राईमबिट)
काठमाडौं । वर्किङ भिसामा अमेरिका पठाउँछु भन्दै झुक्काएर रकम ठगी गरेको अभियोगमा ३ जनालाई पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कपिलवस्तु वाणगंगा नगरपालिका-४ हरिहरपुर स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका-१८ भकुण्डे बस्ने २४ वर्षीय बिकास भन्ने बिनोद भुसाल, कास्की पोखरा महानगरपालिका-२ मिरुवा वतन भएका ३१ वर्षीय पुकार गुरुङ र सोही महानगरपालिका-१२ रानीपौवा वतन भएका ३० वर्षीय प्रकास गुरूङ रहेका छन् ।

बिनोदले विगत दुई वर्षदेखि पुकार, प्रकाश लगायतका व्यक्तिहरूको बैंक खातामा पटक पटक गरी पीडितलाई ७४ लाख ९ हजार ५ सय रुपैयाँ रकम जम्मा गर्न लगाई ठगी गरेको भन्ने खबर साउन १ गते प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जमा प्राप्त भएपछि खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

साथै अमेरिकामा थुनामा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनी २५ लाख रुपैया ठगी गरेको कसूरमा बिनोदलाई जिल्ला प्रहरी कार्यालय दाङले ठगी मुद्दामा कारवाही गरेको, अमेरिकामा रहेकी भनिएकी दिव्या राणाले कृषि फर्ममा वर्क परमिट भिसा दिलाउँछु भनि प्रलोभन देखाई बिनोदसँग सम्पर्क गरी भने बमोजिम गर्नु भनि पीडितलाई विश्वास दिलाएको र विनोदले विभिन्न व्यक्तिहरुको खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको साथै उनीहरूले अमेरिकन एम्बेसी काठमाडौंको नक्कली कागजातहरु बनाई पीडितहरुलाई झुक्याई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाईएको उक्त ब्यूरोले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!