१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

नेपालगञ्ज उपमहानगरपालिका लाई फ़ोहोर मैला ब्यवस्थापन गर्न चुनौती

Logo
प्रकाशित शनिबार, साउन ०९, २०७८

(समीर अली बेहना)
बाँके । प्रीन्सिपल अफ पोल्टर्स ल्याएर पनि नेपालगञ्ज उपमहानगरपालिकालाई फ़ोहोर मैला ब्यवस्थापन गर्न चुनौती बनेको छ । नगरपालिकाबाट उपमहानगरपालिका भएको नेपालगञ्जलाई फोहोर मैला ब्यवस्थापन गर्न निकै कठिनाइको सामना गर्नु परेको छ । उद्धोग, कलकारखाना र ब्यवसायिक क्षेत्रको धनी रहेको नेपालगञ्ज उपमहानगरपालिकामा फ़ोहोर मैला पनि उत्तिकै मात्रमा निस्किने गरेको छ । उपमहानगरपालिका भित्र रहेको कलकारखाना , मण्डी, लगायत उद्धोग ब्यवासायिहरुबाट दैनिक २५ टन फोहोर निस्किने गर्छ । विकास संगसंगै दैनिकी फोहोर निस्किने मात्रमा समेत वृद्धि हुँदै आएको देखिन्छ ।

उपमहानगरपालिका भित्र निस्किने फोहोर मैला विसर्जन गर्न हिर्मिनियाँ वडा नम्बर २३ मा उपमहानगरपालिकाको आफ्नै जग्गा रहेको वातावरण तथा सरसफाइ शाखाले जनाएको छ । यसअघि उपमहानगरपालिकाले वडा नम्बर १३ बुल्बुलिया स्थित फ़ोहोर मैला विसर्जन गर्दै आएको थियो । उक्त ठाउँमा घरहरुको निरन्तर बिकासले फ़ोहोर विसर्जन गर्न गाह्रो भएपछि उपमहानगरपालिकाले केहि समयको उपमहानगरपालिका भन्दा बाहिर विसर्जन गरेको समेत जानकारी गराइयो । वातावरण तथा सरसफाइ शाखाको इन्जिनियर प्रकाश जिसिको अनुसार हिर्मिनियांमा रहेको जग्गालाई पुर्ण रूपले भर्न २५ वर्ष लाग्ने अनुमान गरिएको छ । उपमहानगरपालिकामा फोहोर ब्यवस्थापन गर्न १४१ जना जनशक्ति काम गर्दै आएको छन् । जसमध्ये १ जना शाखा अधिकृत , १ जना सुब्बा, १ जना वातावरण इन्जिनियर र अन्य गरि ३० जना ल्याण्ड फिल्ड साइडमा काम गर्ने कर्मचारीहरु रहेको छन् । त्यस्तै १ सय ११ जना कुचिकार, ड्राइभर लगायतको जनशक्ति राखिएको छ । हाल नेपालगञ्ज उपमहानगरपालिकामा फोहोर ब्यवस्थापनका लागि ७ वटा ट्रेक्टर, २ वटा जे.सि.बी, १ वटा चेन डोजर, २ वटा खुला टिप्पर, ४ वटा बन्द टिप्पर र ३ वटा हुपरहरु रहेका छन् । उपमहानगरपालिकामा साधन र जनशक्ति भएपनि फोहोर ब्यवस्थापन गर्न ठुलो चुनौती बनेको छ । यस समस्याको प्रमुख कारण जनचेतनाको कमि रहेको प्रकाश जिसिले बताउनु भयो । जि सिले बताउनु हुन्छ, `नेपालगञ्ज उपमहानगरपालिका भौतिक रूपमा बिकास भएपनी शैक्षिक रुपले अझै केहि समय लागने भएकोले नागरिकमा सचेतनाको कमि छ । जथाभावी फ़ोहोर फाल्ने र अनावश्यक रुपमा फ़ोहोर उत्पादन गरेकोले दैनिकी २५ टन जतिको फ़ोहोर निस्किने गर्छ । यस समस्यालाई समाधान गर्न नेपालगञ्ज उपमहानगरपालिकाले प्रीन्सिपल अफ पोल्टर्सको सिद्धान्तलाई अगाडि बढाएको छ । यो सिद्धान्तले जति फ़ोहोर उत्पादन त्यति नै बढी शुल्क अशूल तिर्नुपर्ने नियम ल्याएको हो ।´ प्रीन्सिपल अफ पोल्टर्स नेपालगञ्ज उपमहानगरपालिकामा मात्र नभइ नेपालको अधिकांश विकसित शहरहरुमा लागू भैसकेको समेत उहाँले जानकारी गराउनु भयो ।
हालसम्म नेपालगञ्ज उपमहानगरपालिकामा वडा नम्बर १, २, ४, ५, ६, ९, १३ , र २० मा प्रीन्सिपल अफ पोल्टर्सको सिद्धान्तलाई लागू गरिएको छ । वडा नम्बर १ एकले वडाको बजेटबाट फ़ोहोर ब्यवस्थापन गर्न यो सिद्धान्त लागू गरेको छ भने अन्य वडामा उपमहानगरपालिकाले दिएको ठेक्काबाट काम हुँदै आएको छ । यस कामलाई प्रभावकारी रुपले सम्पन्न गर्न उपमहानगरपालिकाले ४ वटा संघ संस्थाहरुलाई ठेक्का दिएको प्रकाश जि सिले बताउनुभयो । पोल्टर्सको सिद्धान्त लागू गरेसंगै उपमहानगरपालिकाले सबै वडालाई १ थान बोरा र १ थान डस्बिन (बाल्टिन) वितरण समेत गरेको उहाँले जानकारी गराउनु भयो । गरीब र पीडित समुदायको आर्थिक अवस्थालाई मध्यनजर गरि बोरा र डस्बिनको शुल्क ५० रुपैयाँ राखिएको छ भने अन्य टोलहरुमा १५० रुपैयाँ संकलन गर्ने ब्यवस्था रहेको छ । यससंगै उपमहानगरपालिकाले लगाएको बोटबिरुवाहरुलाई नागरिकले काट्ने र तातोपानीले बिनास गरेको घटनाहरु समेत देखा परेको जि सिले बताउनु भयो । प्रकाश जि सिको अनुसार वातावरण संरक्षण गर्न उपमहानगरपालिकालाई नागरिकहरुले सहयोग गर्न जरुरी छ ।
यसविषयमा संकल्प डेली न्यूजले केहि नागरिकहरु संग कुरा गर्दा एकजना सिमा शेखले भन्नू हुन्छ , फ़ोहोर मैला दैनिक रुपमा निस्किने गर्छ जबकि फ़ोहोर उठाउन गाडी हप्ता दस दिनमा एक चोटि मात्र आउँछ । यस्तो अवस्था देखेर हामीले आफ्नो घरको फ़ोहोर आफ्नै बारीहरुमा विसर्जन गर्ने गरेको छौँ । उपमहानगरपालिकाले लगाएको प्रीन्सिपल अफ पोल्टर्सको सिद्धान्तलाई नागरिकहरुले जनता माथी भार थोपारेको बताउँछन् । उनीहरुले भन्छन् , हामीले कर तिरेको रकमबाट नै सरसफाइ, विकास, लगायतको सेवासुबिधा पाउनु पर्छ । जनताले सबै सेवासुबिधा बापत शुल्क बुझाउनु पर्ने ब्यवस्था नागरिक माथी भार थोपार्नु सरह हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । एउटा जवान वा हवल्दारले रगत पसिना बगाएर सेवा गर्दै अवकाश लिँदा सानो घर बनाउनसमेत संघर्ष गर्नुपर्छ। तर केही अधिकृतहरूको सम्पत्ति भने करोडौँमा कसरी पुग्छ ? के यो इमानदार सेवाको प्रतिफल हो, वा कहीं न कहीं प्रणालीभित्रै समस्या लुकेको छ? यस्तो प्रश्न उठ्नु स्वाभाविक देखिन्छ। अब पारदर्शिता र उत्तरदायित्वका लागि सम्पत्ति छानबिन गर्ने समय […]

उर्लाबारी । इलाका प्रहरी कार्यालय (इप्रका) उर्लाबारीको इतिहासमा पहिलोपटक महिला नेतृत्व आएको छ । सोमबारदेखि प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीना वलीले उर्लाबारी प्रहरीको कमाण्ड सम्हाल्ने भएकी छन् । उपत्यका प्रहरी कार्यालय, उजुरी छानबिन तथा मानवअधिकार शाखा रानीपोखरी, काठमाडौंबाट सरुवा भई आएकी वलीलाई प्रहरी संगठनभित्र कुशल र परिणाममुखी अधिकृतका रूपमा चिनिन्छ । यसअघि कार्यरत इन्सपेक्टर रञ्जन बरालको […]

काठमाडौं । सशस्त्र प्रहरी बलमा भावी संगठन प्रमुख अर्थात् प्रहरी महानिरीक्षकका लागि दौड सुरु भएको छ । हालका आईजीपी राजु अर्याल अवकाशमा जान लागेपछि भावी आईजीपीका लागि प्रतिस्पर्धा सुरु भएको हो । अर्याल वैशाख १८ मा सशस्त्र प्रहरी बलको चारवर्षे कार्यकाल पूरा गरेर अवकाशमा जान लागेका छन् । उनी अवकाशमा गएपछि आईजीपीमा उनीसँगै एकैपटक भर्ना […]

error: Content is protected !!