१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

मापदण्ड विपरीत बाटो निर्माण घर घरमा पानी पुग्ने जोखिम

Logo
प्रकाशित शनिबार, साउन ०९, २०७८

(समीर अली बेहना)
बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ मा मापदण्ड विपरीत बाटो निर्माण भएको छ । फुल्टेक्रा चोक देखी फुल्टेक्रा स्कुल सम्म जाने बाटोको निर्माण लिएर स्थानीयले असहमति जनाएका छन् । १८ लाख ४४ हजार लगानीमा बनेको नालाले घरभित्र पानी पस्ने जोखिम खडा गरेको छ । करिब ३०० मिटर लामो बाटो निर्माण गर्न स्थानीयको बैठक बसिएको थियो । स्थानीयलाई जानकारी नगराई बैठकमा भएको निर्णयलाई बदर गरिएको छ । उपभोक्ता समिति र वडा कार्यालयले जनचाहना विपरीत नयाँ निर्णय लिइ नाला निर्माण गरेका स्थानीयले बताउँछन् । करिब ३ वर्ष देखी स्थानीयहरुको असहमतिको कारण बाटो निर्माण हुन सकेको थिएन । उपभोक्ता समिति चन्द्रेश्वर राज त्रीपाठिको अध्यक्षता निर्माण भएको बाटोको तहभन्दा माथी नाला बनाएपछि स्थानीयहरुले विरोध जताएका छन् । नाला निर्माण बोर्डमा नाला कति मिटर बन्ने , कति लामो बन्ने कति चौडाई बनाउने लगायतको सूचना उल्लेख गरिएको छैन । स्थानीयको अनुसार उपभोक्ता समिति र वडा कार्यालयले आम नागरिकसंग छल गरेका छन् । स्थानीय बिक्रान्त श्रीवस्तवले नाला मापदण्ड विपरीत बाटो बनाएर नागरिकको भावनासंग खेल्वाड गरिएको बताउनु भयो । उहाँले भन्नु हुन्छ , जसोतसो बाटो निर्माण गर्न नाला बनाउने काम पूरा भएपनि मापदण्ड विपरीत काम भएको छ । बाटोको तहमाथीबाट नाला बनाइएकोले पानी घर भित्र पस्ने जोखिम सृजना भएको छ । वर्षाको पानी नाला मै जम्मा हुँदै आएकोले पानी निकास समेत बन्द भएको छ । उहाँले भन्नु हुन्छ , इन्जिनियर , वडा समिति र उपभोक्ता समितिको मिलोमतोमा मापदण्ड विपरीत निर्माण कार्य भएको छ । बाटो निर्माण गर्दा इट्टा हाल्न नमिल्ने नियम कानून भएपनि बेवास्ता गर्दै इट्टा समेत हालिएको छ । बैठकमा बाटोको दुबै तर्फ भत्काउने निर्णय भएको थियो । जबकी समितिले पक्षपाती गर्दै एकोहोरो कटान गरी छल गरेको श्रीवास्तवले बताउँछन् । श्रीवास्तवले नाला निर्माण कार्यको छानबिन गर्न माग गरेका छन् । श्रीवास्तवले भन्छन् , माग पूरा नभए हामी जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दिने छौँ । त्यहाँपनि माग सम्बोधन नभए हामी अदालतमा पुग्ने छौँ ।

त्यस्तै स्थानीय ऋतु सिंहले भन्नू हुन्छ , बाटो फराकिलो हुनुपर्ने ठाउँ कहिँ ५ मिटर कहिँ ६ मिटर सम्म बाटो बनाइएको छ । जबकि नाला निर्माण उपभोक्ता समितिको अध्यक्ष चद्रेश्वर राज त्रीपाठिले भन्नू हुन्छ , नाला सरकारी मापदण्ड अनुरुप नै बनाइएको छ । नाला कहिँ ५ मिटर कहिँ ६ मिटर बनाउन वडा कार्यालय र स्थानीयको सहमति लिएको त्रीपाठिले बताउनु भयो । त्रीपाठिले ५ सय ८० मिटर नाला निर्माण गरेको दावी समेत गरेका छन् ।

जबकी वडा अध्यक्ष समीर प्रताप सिंहले बाटो निर्माण क्रममा अग्लो हुनु स्वाभाविक रहेको जिकिर गर्नु भयो । उहाँले भन्नू कहिँ ५ मिटर कहिँ ६ मिटर बाटो बनाउन स्थानीयबाट सहमति लिएका थियौँ ।

संकल्प डेली न्यूजले यस विषयमा थप खोज गर्दा हितेश भारतीले भन्नू भयो, बाटो निर्माणको लागी असार १ गते बैठक बसि ६ मिटर चौडाई भएको बाटो निर्माण गर्ने स्थानीयले सहमति जनाएको भएपनि ६ मिटर बाटो भित्र पनि १ फिट जति जग्गा बाटो परे नाला मै मिलाएर बनाउन सक्ने बताएका थिए । स्थानीयको अनुसार सहमति भएको बैठकमा उपस्थिति मात्र गराइएको थियो जबकी निर्णय आर्को दिन उल्लेख गरि हस्ताक्षर गराउने वडा सचीवले जानकारी गराउनु भएको थियो । दोस्रो दिन कुनै बैठक नबसि ५ मिटर बाटो बनाउन वडा कार्यालय र नव उपभोक्ता समितिले निर्णय गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!