२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

ब्राउन सुगर सहित सलमान खान, पक्राउ

Logo
प्रकाशित शनिबार, साउन ०९, २०७८

(महेन्द्र सिंह)
बाँके । प्रहरीले नेपालगञ्जमा भाडामा कोठा लिएर अबैध लागू औषधको कारोबार गर्दै आएका दुई भारतीय नागरिक सहित ३ जनालाई ४३ ग्राम ब्राउन सुगर सहित शुक्रबार राती नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।

लागू औषध व्यूरो नेपालगञ्जले प्राप्त गरेको सुचनाको आधारमा शुक्रबार राती ८ बजे नेपालगञ्ज–१२ कोरियनपुर ३ तले घरबाट भारतको बहराईच जिल्ला कोतवाली नानपारा बाईपासका २८ वर्षिय सलमान खान, भारत लखनउ कोतवाली घर भएका २८ वर्षिय मुस्तकिम र नेपालगञ्ज–११ टाँगास्टेशन बस्ने वर्ष २१ को आजाद कबडियालाई सो ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरु बस्ने कोठामा सर्च गर्दा सलमानले लगाएको हापपैन्टको अगाडिको पकेटबाट ४३ ग्राम ब्राउन सुगर र डिजिटल तराजु समेत बरामद गरेको थियो । प्रहरी नियन्त्रणमा रहेका सलमानको साथबाट ‘दिल्ली क्राईम’ रिर्पोटर को परिचय पत्र समेत बरामद भएको छ । बाँके प्रहरीले सो घटनाको बारेमा शनिबार पत्रकार सम्मेलन गर्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!