१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

बर्दियामा नुहाउन गएका ३ जना बेपत्ता खोजतलास जारी

Logo
प्रकाशित शनिबार, साउन ०९, २०७८

ABC (क्राईमबिट)
बर्दिया । गेरुवा गाउँपालिका–६ का १२ वर्षिय संजिप विक, उनकी बहिनी ८ वर्षिय दिलमाया विक र राजापुर नगरपालिका–८ का २८ वर्षिय लालता चौधरी बेपत्ता भएका छन् । उनीहरु तीनै जना नुहाउने क्रममा नदीमा बेपत्ता भएका छन् ।

गेरुवा गाउँपालिका–६ का एकै घरका दाजु बहिनी कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् भने राजापुरका –८ का चौधरी बुढी खोलामा नुहाउने क्रममा बेपत्ता भएका छन् ।

दाजु बहिनी कर्णाली नदीको सैजना घाटमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । उनीहरु खेल्न जान्छु भनेर घरबाट निस्केका थिए ।

छोरा छोरी बेपत्ता भएपछि विकको परिवारसहित गाउँ नै शोकमग्न बनेको छ । बेपत्ता बालबालिका र चौधरीको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले बताए ।

प्रहरी र स्थानीयको सहभागितामा खोजी कार्य भईरहेको छ । नदीमा पानी धमिलो रहेकोले जालको सहयोगमा खोजी कार्य भईरहेको बर्दिया प्रहरी प्रमुख एसपी कार्कीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!