१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

गृह मन्त्रालयको प्रशासन महाशाखाको प्रमुखमा :रिजाल

Logo
प्रकाशित आइतबार, साउन १०, २०७८


ABC (क्राईमबिट)
काठमाडौँ । गृह मन्त्रालयका केही सहसचिवहरूको महाशाखा परिवर्तन भएको छ ।

मन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा सहसचिव गोविन्द रिजाल आएका छन् भने उक्त महाशाखाका घनश्याम उपाध्यायलाई आन्तरिक व्यवस्थापन महाशाखामा सरुवा भएका छन् ।

रिजाल गृह प्रशासनका अनुभवी प्रशासकका रूपमा चिन्छिन् । जाजरकोट, सल्यान, कैलाली, दाङ, रौतहट र मकवानपुरमा प्रमुख जिल्ला अधिकारी भइसकेको रिजाल लामो समय जिल्लामा बस्ने प्रजिअका रुपमासमेत चिनिन्छन् । उपत्यका छोड्नै नचाहने र गई हाले पनि आउनै मरिहत्ते गर्ने निजामती प्रशासनमा रिजाल त्यस्ता सहसचिव हुन् जो कैलाली र दाङ बस्दा बिरलै जिल्ला छोडे होलान् ।

त्यसैगरी मन्त्रालयका प्रवक्ता पनि फेरिएका छन् । कारागार व्यवस्थापन विभागका महानिर्देशक रहेका सह सचिव फणीन्द्रमणि पोखरेल मन्त्रालयको शान्ति सुरक्षा महाशाखाको प्रमुखसहित प्रवक्तामा आएका छन् भने हालका प्रवक्ता जनकराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा पठाइएको छ ।
रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

काठमाडौं । एउटा जवान वा हवल्दारले रगत पसिना बगाएर सेवा गर्दै अवकाश लिँदा सानो घर बनाउनसमेत संघर्ष गर्नुपर्छ। तर केही अधिकृतहरूको सम्पत्ति भने करोडौँमा कसरी पुग्छ ? के यो इमानदार सेवाको प्रतिफल हो, वा कहीं न कहीं प्रणालीभित्रै समस्या लुकेको छ? यस्तो प्रश्न उठ्नु स्वाभाविक देखिन्छ। अब पारदर्शिता र उत्तरदायित्वका लागि सम्पत्ति छानबिन गर्ने समय […]

उर्लाबारी । इलाका प्रहरी कार्यालय (इप्रका) उर्लाबारीको इतिहासमा पहिलोपटक महिला नेतृत्व आएको छ । सोमबारदेखि प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीना वलीले उर्लाबारी प्रहरीको कमाण्ड सम्हाल्ने भएकी छन् । उपत्यका प्रहरी कार्यालय, उजुरी छानबिन तथा मानवअधिकार शाखा रानीपोखरी, काठमाडौंबाट सरुवा भई आएकी वलीलाई प्रहरी संगठनभित्र कुशल र परिणाममुखी अधिकृतका रूपमा चिनिन्छ । यसअघि कार्यरत इन्सपेक्टर रञ्जन बरालको […]

error: Content is protected !!