२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

इतिहासमा पहिलोपटक महिला नेतृत्व इन्सपेक्टर नवीना वलीले उर्लाबारी प्रहरीको कमाण्ड सम्हाले,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, चैत्र १२, २०८२

उर्लाबारी । इलाका प्रहरी कार्यालय (इप्रका) उर्लाबारीको इतिहासमा पहिलोपटक महिला नेतृत्व आएको छ । सोमबारदेखि प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीना वलीले उर्लाबारी प्रहरीको कमाण्ड सम्हाल्ने भएकी छन् ।

उपत्यका प्रहरी कार्यालय, उजुरी छानबिन तथा मानवअधिकार शाखा रानीपोखरी, काठमाडौंबाट सरुवा भई आएकी वलीलाई प्रहरी संगठनभित्र कुशल र परिणाममुखी अधिकृतका रूपमा चिनिन्छ । यसअघि कार्यरत इन्सपेक्टर रञ्जन बरालको सुनसरीको दुहबीस्थित विशेष सुरक्षा गणमा सरुवा भएको छ ।

प्रहरी मुख्यालयले शुक्रबार देशभर २४ जना इन्सपेक्टरको काज सरुवा गरेसँगै उर्लाबारीमा ऐतिहासिक परिवर्तन भएको हो । वि.सं. २०५० साल वैशाखमा इप्रका उर्लाबारीमा इन्सपेक्टर दरबन्दी थपिएपछि पहिलो इन्चार्जका रूपमा प्रनि रघुवीर शेर्पाले पद सम्हालेका थिए । त्यसयता हालसम्म ५६ जना प्रहरी निरीक्षक यहाँ पदस्थापन भए पनि महिला नेतृत्व भने पहिलोपटक आएको प्रहरी अभिलेखमा उल्लेख छ ।

स्थानीयवासीले महिला नेतृत्वले प्रहरी सेवामा संवेदनशीलता, पारदर्शिता र समुदायसँगको सम्बन्ध अझ मजबुत बनाउने अपेक्षा गरेका छन् । समाजका जटिल समस्या समाधानदेखि महिला, बालबालिका तथा मानवअधिकारसँग सम्बन्धित मुद्दामा नयाँ ऊर्जा आउने विश्वास व्यक्त गरिएको छ ।

उर्लाबारी प्रहरीको कमाण्ड सम्हाल्ने पहिलो महिला इन्चार्जका रूपमा वलीको आगमनलाई ऐतिहासिक उपलब्धि र सकारात्मक परिवर्तनको संकेतका रूपमा हेरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]