१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

दाङको मसोट पुलमा टिप्पर दुर्घटना हुदा ४ घण्टा सडक अवरुद्ध पछी सुचारू

Logo
प्रकाशित आइतबार, साउन १७, २०७८


(सागर थापा)
दाङ । घोराही लमही सडक खण्डको मसोट खोलाको पुलमा टिप्पर अनियन्त्रित भएर दुर्घटना हुदा ५ घण्टा सडक अवरुद्ध भएको हो । चुनढुंगा बोकेर घोराहीबाट लमहीतर्फ गैरहेको टिप्पर अनियन्त्रित हुदा लमही–घोराही सडक खण्ड गएराति ६ बजेदेखी ९ बजेसम्म अवरुद्ध भएको थियो ।

सम्राट सिमेन्ट उद्योगका लागी चुनढुंगा बोक्ने प्रदेश नंम्वर २०३,००१ ख ४१५८ नंम्वरको टिप्परले कारलाई पास लाइट दिदादिदै पनि कारले नरोके पछी लोड टिप्पर अनियन्त्रि भएर पुलको डिबाईडरमा दुर्घटना हुदा गएराति ४ घण्टा सम्म घोराही लमही सडक खण्ड आवतजावत बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले टिप्पर मसोट खोलाको पुलमा ठोकिन जादा मानविय क्षति नभए पनि टिप्परमा भने क्षति भएको दाङ प्रहरीको भनाई छ ।

गएराति नै जेसिबीको प्रयोग गरी सडक सुचारु गरिएको हो । जिल्ला प्रहरी कार्यालय,दाङ वडा प्रहरि कार्यालय लमही, ट्राफिक प्रहरी कार्यालय,लमही शसस्त्र प्रहरी र स्थानियबासीको सकृयतामा गएराति नै ४ घण्टापछि यातायात सुचारु गरिएको हो । टिप्पर दुर्घटना हुँदा सडक अवरुद्ध सयौँ सवारीका साधन वारपार गर्न पाएका थिएनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

काठमाडौं । एउटा जवान वा हवल्दारले रगत पसिना बगाएर सेवा गर्दै अवकाश लिँदा सानो घर बनाउनसमेत संघर्ष गर्नुपर्छ। तर केही अधिकृतहरूको सम्पत्ति भने करोडौँमा कसरी पुग्छ ? के यो इमानदार सेवाको प्रतिफल हो, वा कहीं न कहीं प्रणालीभित्रै समस्या लुकेको छ? यस्तो प्रश्न उठ्नु स्वाभाविक देखिन्छ। अब पारदर्शिता र उत्तरदायित्वका लागि सम्पत्ति छानबिन गर्ने समय […]

उर्लाबारी । इलाका प्रहरी कार्यालय (इप्रका) उर्लाबारीको इतिहासमा पहिलोपटक महिला नेतृत्व आएको छ । सोमबारदेखि प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीना वलीले उर्लाबारी प्रहरीको कमाण्ड सम्हाल्ने भएकी छन् । उपत्यका प्रहरी कार्यालय, उजुरी छानबिन तथा मानवअधिकार शाखा रानीपोखरी, काठमाडौंबाट सरुवा भई आएकी वलीलाई प्रहरी संगठनभित्र कुशल र परिणाममुखी अधिकृतका रूपमा चिनिन्छ । यसअघि कार्यरत इन्सपेक्टर रञ्जन बरालको […]

error: Content is protected !!