१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

प्रहरी बनाई दिन्छु भन्दै लाखौं ठगी गर्ने खेमराज खनाल काठमाडौंबाट पक्राउ

Logo
प्रकाशित सोमबार, साउन १८, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी अधिकारीसँग पत्रकार भनी परिचय दिने र अन्यलाई प्रहरी भनी ‘घुस लिने’ खेमराज खनाल पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले खनाललाई बालाजुबाट पक्राउ गरेको हो।

प्रहरीसँग भेट्दा घाँटीमा मिडियाको कार्ड रसर्वसाधारणलाई भेट्दा नेपाल प्रहरी लेखेको डोरी झुन्ड्याउने गरेका खनाललाई ठगीको आरोपमा बालाजुबाट पक्राउ परेको परिसरका एक प्रहरी अधिकारीले पुष्टि गरेका छन्।

प्रहरीका हाकिमसँग काँध जुधाएर फोटो खिच्दै फेसबुकमा पोष्ट गर्ने खनालले बाँके नेपालगन्जका बसन्त शर्मालाई ज्यान मार्ने धम्की दिएको अडियो मिडियामा सार्वजनिक भएको थियो।

शर्मासँग खनालले नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा लिएका थिए। पहिलोपल्ट ५० हजार रुपैयाँ बैंकमा हाल्दिएको र दोस्रोपटक एक लाख रुपैयाँ आईएमई गरिदिएका थिए शर्माले।

शर्माले खनालको नाममा पैसा हाल्दिएको स्लिप हामीलाई उपलब्ध गराएका छन्। जुन स्लिपमा बैंकमा ५० हजार र आईएमईमार्फत एक लाख पठाएको प्रष्ट छ।

पक्राउ परेका खनालले सामाखुसीस्थित एक टेलर्समा आफू प्रहरीको कपडाको ठेक्कापट्टा गर्ने मान्छे भन्दै एकजोर सुटपाइन्ट समेत सिलाएर लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका खनालमाथि थप सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। अनलाईनन्युज7.कमबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । यही चैत १३ गते मुलुकले नयाँ प्रधानमन्त्री पाउँदैछ । त्यसका लागि रास्वपाले आजको केन्द्रीय समिति बैठकबाट बालेन्द्र (बालेन) शाहलाई संसदीय दलको नेता बताएसँगै अर्को स्पेटको काम अघि बढ्छ । १३ गते राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै सपथ खुवाएसँगै वर्तमान प्रधानमन्त्री सुशीला कार्की स्वतः पदमुक्त हुनेछिन् भने शितलनिवासबाटै उनी निजी निवास जाने […]

कपिलवस्तु । बगदामा भएको घटनालाई लिएर कपिलवस्तुमा गरिएको विरोध प्रदर्शन तथा बजार बन्दका क्रममा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सदरमुकाम तौलिहवाबाट ४ जना र कृष्णनगरबाट २ जना गरी सोमबार दिउँसोसम्म ६ जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा हिन्दुवादी संगठनका नेता समेत रहेका छन्। आइतबार हिन्दुवादी संगठनहरूले प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा […]

कोलम्बियाको दक्षिणी पुतुमायो विभागमा रहेको पुएर्तो लेगुइजामो क्षेत्रमा टेकअफ गर्ने क्रममा एक विमान दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या ६६ पुगेको छ। साथै ४ जना हराइरहेको जनाइएको छ। अन्य दर्जनौं घाइतेहरूलाई नजिकको अस्पतालमा पुर्‍याइएको छ। रक्षामन्त्री पेड्रो सान्चेजका अनुसार, विमान टेकअफ गर्ने साथ रनवेबाट करिब १.५ किलोमिटर टाढा खसेको थियो। विमान खसेपछि टुक्रा-टुक्रा भएको थियो र […]

error: Content is protected !!