(महेन्द्र सिंह)
बर्दिया । तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीले सिमामा निगरानी बढाएको छ । भारतबाट अबैध रुपमा नेपाल तर्फ र नेपालबाट भारत तर्फ हुने तस्करी रोक्न सशस्त्र प्रहरीले चासो देखाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणको मातहत बिओपीबाट खटिएका प्रहरी टोलीले ५० लिटर डिजल मुल्य रु ५४ हजार ७ सय ५० बराबरको पक्राउ गरेको छ ।
डिजल ओसार पसार गर्न प्रयोग गरिएको युपी ४० डब्लु ९७३४ नम्बरको भारतिय मोटरसाईकल बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गुलरियामा बुझाएको सशस्त्र प्रहरी एसपी नर बहादुर रावतले बताए ।