१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

सहकारीको रकम हिनामिना मुद्दामा मुछिएका नुमानद सुवेदी २ लाख ५० हजार धरौटीमा रिहा

Logo
प्रकाशित सोमबार, साउन १८, २०७८

(ABC-Sanchar)
दाङ । सहकारी संस्थाको रकम हिनामिना मुद्दामा मुछिएका राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी धरौटीमा छुटेका छन् ।

राप्ती गाउँपालिका—५ सिसहनियाँमा प्रधान कार्यालय रहेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा गाउँपालिका अध्यक्ष सुवेदी सहित २५ जनालाई पक्राउ गर्न अदालतले आदेश दिएको थियोे ।
तर सोमवार सुवेदी आफै दाङ देउखुरी जिल्ला अदालत घोराहीमा उपस्थित भएर बयान दिए लगत्तै भएको थुनछेक बहसबाट अदालतका मुख्य न्यायधिस रितेन्द्र थापाको एकल इजलासले सुवेदीलाई २ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको अदालतका श्रेस्तेदार धनसिंह गिरीले जानकारी दिएका छन् ।

सुवेदी साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्व लेखा तथा सुपरिवेक्षण समितीको संयोजक पदमा रहेका थिए । सहकारीको रकम हिनामिना गरेको आरोमा ४ जना कर्मचारीलाई यस अघि नै अदालतले पूर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको थियो ।

पक्राउ परेका पाँच जना मध्ये एक महिलालाई भने साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको थियो । केही महिना पहिले मात्रै चारवटा सहकारी संस्था मिलाएर देउखुरी बचत तथा ऋण सहकारी संस्था निर्माण गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । यही चैत १३ गते मुलुकले नयाँ प्रधानमन्त्री पाउँदैछ । त्यसका लागि रास्वपाले आजको केन्द्रीय समिति बैठकबाट बालेन्द्र (बालेन) शाहलाई संसदीय दलको नेता बताएसँगै अर्को स्पेटको काम अघि बढ्छ । १३ गते राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै सपथ खुवाएसँगै वर्तमान प्रधानमन्त्री सुशीला कार्की स्वतः पदमुक्त हुनेछिन् भने शितलनिवासबाटै उनी निजी निवास जाने […]

कपिलवस्तु । बगदामा भएको घटनालाई लिएर कपिलवस्तुमा गरिएको विरोध प्रदर्शन तथा बजार बन्दका क्रममा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सदरमुकाम तौलिहवाबाट ४ जना र कृष्णनगरबाट २ जना गरी सोमबार दिउँसोसम्म ६ जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा हिन्दुवादी संगठनका नेता समेत रहेका छन्। आइतबार हिन्दुवादी संगठनहरूले प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा […]

कोलम्बियाको दक्षिणी पुतुमायो विभागमा रहेको पुएर्तो लेगुइजामो क्षेत्रमा टेकअफ गर्ने क्रममा एक विमान दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या ६६ पुगेको छ। साथै ४ जना हराइरहेको जनाइएको छ। अन्य दर्जनौं घाइतेहरूलाई नजिकको अस्पतालमा पुर्‍याइएको छ। रक्षामन्त्री पेड्रो सान्चेजका अनुसार, विमान टेकअफ गर्ने साथ रनवेबाट करिब १.५ किलोमिटर टाढा खसेको थियो। विमान खसेपछि टुक्रा-टुक्रा भएको थियो र […]

error: Content is protected !!