१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

स्मार्ट लाइसेन्सको १० लाख २५ हजार चालकहरु पर्खाइमा

Logo
प्रकाशित बुधबार, साउन २०, २०७८


(ABC-Sanchar)
काठमाडौं । ट्रायल पास गरेका ४ लाख ५५ हजार, अनलाइन फर्म भरेर ट्रायलको पालो पर्खेर बसेका ४ लाख २५ हजार र नवीकरण गर्ने १ लाख ४५ हजार स्मार्ट लाइसेन्सको पर्खाइमा
– विभागसँग ३० हजार लाइसेन्स मात्रै स्टक
– १४ लाख कार्डको डेलिभरी अर्डर यही साता दिने तयारी
– भारतीय र फ्रान्सेली कम्पनीको टकराबले लाइसेन्स वितरणमा ढिलाइ
देशभर विद्युतीय सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)को पर्खाइमा बस्ने नेपालीको संख्या १० लाख २५ हजार पुगेको छ । त्यसमध्ये ४ लाख ५५ हजार २ सय ४० जनाले स्मार्ट लाइसेन्स प्राप्त गर्न आवश्यक लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा पास गरेर रसिदसमेत पाइसकेका छन् ।
त्यस्तै, ४ लाख २५ हजार लाइसेन्स प्राप्त गर्न आवश्यक परीक्षा (लिखित र प्रयोगात्मक)का लागि अनलाइन बुझाएका छन् भने १ लाख ४५ हजार पुरानो कागजी लाइसेन्सको म्याद सकिएर नवीकरणसँगै स्मार्ट लाइसेन्स पाउने आसमा छन् ।
तर, विभागले भदौ ०७७ देखि आकस्मिकबाहेक अन्यलाई स्मार्ट लाइसेन्स प्रिन्ट गर्न बन्द गरेको छ । विभागको स्टोरमा अहिले ३० हजार मात्र स्मार्ट कार्ड रहेका छन् । आकस्मिकबाहेक अन्यलाई दिने स्मार्ट कार्डको अभाव छ । आकस्मिकअन्तर्गत सम्बन्धित निकायको सिफारिसमा प्रहरी, सेनाको शान्ति मिसन, कूटनीतिक नियोगका मानिस, वैदेशिक रोजगारमा ड्राइभिङ पेसामा जानेहरूका लागि दैनिक औसतमा १ सय १० संख्यामा प्रिन्ट र वितरण गर्ने गरिएको छ ।
विभागले ट्रायल खुला गर्ने समय अझै अनिश्चित छ । ट्रायल नखुलाउँदा झन्डै साढे ४ लाख मानिसले अझै कति पालो पर्खेर बस्नुपर्ने हो, यकिन छैन । विभागले खुला गर्न चाहे पनि सिसिएमसी र जिल्ला प्रशासन कार्यालयबाट ग्रिन सिग्नल नआई खुलाउन नसकिने विभागका महानिर्देशक नमराज घिमिरेले बताए । विभागका अधिकारीहरूले विद्यालय खुलेको दिन ट्रायल पनि खुलाउने जानकारी दिँदै आएका छन् ।
१४ लाख कार्डको डेलिभरी अर्डर यही हप्ता दिने तयारी
यातायात व्यवस्था विभागले यही हप्ताको शुक्रबारसम्ममा ठेक्का लागिसकेको १४ लाख स्मार्ट लाइसेन्सको डेलिभरी अर्डर दिँदै छ । अहिलेको मागको हिसाबले एक महिनाभित्र उपलब्ध गराउने गरी फ्रेन्च ठेकेदार कम्पनीसँग छलफल भइरहेको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । खरिद सम्झौताअनुसार डेलिभरी अर्डर दिएको ९० दिनभित्र उपलब्ध गराउनुपर्छ ।
यसअनुसार पनि ढिलोमा कात्तिकसम्ममा कार्ड आइपुग्नेछ । ‘अहिलेको ठेक्का नयाँ कम्पनीसँग भएकाले ल्याएको कार्ड प्रयोग गर्नुअघि गुणस्तर परीक्षण गरेर मात्र वितरण गरिनेछ । अहिले त्यो कार्डको विभागको प्रिन्टिङ प्रणालीसँग इन्टिग्रेसन गर्ने काम सकिएको छ,’ महानिर्देशक घिमिरेले भने । यसपटक फ्रान्सेली कम्पनी सेल्प (स्मार्ट कार्ड एन्ड सोलुसन)ले स्मार्ट कार्डको ठेक्का पाएको छ ।
अहिलेसम्म २० लाख ८७ हजार स्मार्ट लाइसेन्स प्रिन्ट
सरकारले यातायात व्यवस्था विभाग र त्यसअन्तर्गतका कार्यालयबाट स्मार्ट लाइसेन्स वितरण सुरु भएपछि अहिलेसम्म नवीकरण र नयाँ गरी २० लाख ८७ हजार ६ सय ८३ स्मार्ट लाइसेन्स प्रिन्ट गरिसकेको छ । प्रिन्ट गरेका सबै कार्ड देशका २४ वटा कार्यालयबाट वितरण भइरहेको छ । प्रिन्ट भएकामध्ये देशभर करिब १ लाख अझै वितरण हुन बाँकी छ । सरकारले १४ मंसिर ०७२ देखि स्मार्ट कार्ड वितरण थालेको हो ।
यातायात व्यवस्था विभागका अनुसार देशभर कति कागजी लाइसेन्स वितरण गरिएको हो भन्ने तथ्यांक छैन । तर, अहिलेसम्म कागजी र स्मार्ट गरी अन्दाजी ३२ लाख लाइसेन्स वितरण भएका छन् । पछिल्लो विवरणअनुसार देशमा अहिले ३९ लाख ८७ हजार २ सय ६७ वटा सवारीसाधन दर्ता छन् ।
भारतीय र फ्रान्सेली कम्पनीको टकराबले स्मार्ट लाइसेन्स वितरणमा ढिलाइ
स्मार्ट लाइसेन्स लिन ठूलो संख्या पालो पर्खेर बस्नुपर्ने अवस्था आउनुमा कोभिड–१९ लाई कारण देखाए पनि यातायात व्यवस्था विभागको व्यवस्थापन जिम्मेवार देखिन्छ । सबैभन्दा पहिलो विषय, समयमा ठेक्का भएको थिएन । कार्डको संख्या बाँकी हुँदै ठेक्का लगाएको हुन्थ्यो भने यो समस्या आउँदैनथ्यो ।
त्योभन्दा पनि ठूलो समस्या विद्युतीय स्मार्ट लाइसेन्सको काम गर्ने विश्वस्तरीय दुई कम्पनीको प्रतिस्पर्धा र एकले अर्कोलाई गरेको असहयोगले सर्वसाधारण पीडित भएका हुन् । पछिल्लो (०७७ मंसिर) ठेक्का फ्रान्सेली कम्पनी सेल्पले पाएपछि ढिलाइको कहानी सुरु भयो ।
पछिल्लो ठेक्कामा बाहेक यसअघि नेपालले आह्वान गरेका स्मार्ट कार्डका सबै ठेक्का भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सले पाउने गरेको थियो । त्यसैअनुसार स्मार्ट लाइसेन्सका लागि विभागमा भारतीय कम्पनीकै जिम्मामा उसकै स्मार्ट कार्ड, सफ्टवेयर, प्रिन्टर र प्रिन्टरसँग कार्डलाई इडिएल, भिआरएस सिस्टम जडान भएको थियो । तर, पछिल्लो स्मार्ट लाइसेन्सको ठेक्का फ्रान्सेली कम्पनीले पाएपछि प्रणाली एउटाको भयो, त्यसमा प्रयोग हुने कार्ड अर्को कम्पनीको ।
यसपछि फ्रान्सेली कम्पनीले तयार गरेको कार्ड भारतीय कम्पनीको प्रणालीसँग ‘इन्टिगे्रसन र कम्प्याक्टिबल’ बनाउनुपर्ने अवस्था सिर्जना भयो । त्यसरी प्रणालीसँग कम्प्याक्टिबल बनाउने कामलाई ‘पर्सनालाइजेसन’ भनिन्छ । त्यसपछि विभागमा भारतीय कम्पनी र फ्रान्सेली कम्पनीबीच यो काम कसले गर्ने भन्ने विवाद सुरु भयो । जबकि विभागले ठेक्का निकाल्दा पर्सनालाइजेसन गर्ने विषयमा कुनै विचार नै नगरेको देखियो । ‘यहाँ विभाग चुकेको हो,’ महानिर्देशक घिमिरेले भने ।
यो विवाद किन पनि सुरु भयो भने ठेक्का मद्रास कम्पनीको भन्दा न्यून मूल्य प्रतिस्पर्धा गरेपछि फ्रान्सेली कम्पनीले पाएको थियो । त्यही कम्पनीलाई सहयोग गर्न भारतीय कम्पनी तयार भएन । यसले नेपालमा स्मार्ट लाइसेन्स र त्यसको प्रणालीको सञ्चालनबाट पनि मद्रास कम्पनी बाहिरिनुपर्ने अवस्थामा पुगेको थियो । नागरिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

काठमाडौं । एउटा जवान वा हवल्दारले रगत पसिना बगाएर सेवा गर्दै अवकाश लिँदा सानो घर बनाउनसमेत संघर्ष गर्नुपर्छ। तर केही अधिकृतहरूको सम्पत्ति भने करोडौँमा कसरी पुग्छ ? के यो इमानदार सेवाको प्रतिफल हो, वा कहीं न कहीं प्रणालीभित्रै समस्या लुकेको छ? यस्तो प्रश्न उठ्नु स्वाभाविक देखिन्छ। अब पारदर्शिता र उत्तरदायित्वका लागि सम्पत्ति छानबिन गर्ने समय […]

उर्लाबारी । इलाका प्रहरी कार्यालय (इप्रका) उर्लाबारीको इतिहासमा पहिलोपटक महिला नेतृत्व आएको छ । सोमबारदेखि प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीना वलीले उर्लाबारी प्रहरीको कमाण्ड सम्हाल्ने भएकी छन् । उपत्यका प्रहरी कार्यालय, उजुरी छानबिन तथा मानवअधिकार शाखा रानीपोखरी, काठमाडौंबाट सरुवा भई आएकी वलीलाई प्रहरी संगठनभित्र कुशल र परिणाममुखी अधिकृतका रूपमा चिनिन्छ । यसअघि कार्यरत इन्सपेक्टर रञ्जन बरालको […]

error: Content is protected !!