२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

पाकिस्तानमा आर्थिक सङ्कट : प्रधानमन्त्री बस्ने घरनै भाडामा

Logo
प्रकाशित बुधबार, साउन २०, २०७८

(ABC-Sanchar)

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको हो । यसलाई सांस्कृति, फेसन र शिक्षाको कार्यक्रमका साथै अन्य इभेन्टका लागि मानिसहरुले भाडामा लिन सक्नेछन् ।

सन् २०१९ को अगस्तमा सत्तारुढ तहरीक–पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीई) को सरकार बन्दा प्रधानमन्त्री इमरान खानले सरकारी आवासलाई विश्वविद्यालय बनाउने घोषणा गरेका थिए । त्यसपछि इमरानले उक्त घर खाली गरेका थिए । समा टिभीका अनुसार अब विश्वविद्यालयको परियोजना छाडेर प्रधानमन्त्रीको आवासलाई भाडामा दिने निर्णय गरिएको छ ।

स्थानीय मिडियाका अनुसार यस मामिलामा चाँडै इमरानको क्याबिनेटमा छलफल हुनेछ । जसमा प्रधानमन्त्रीको सरकारी आवासबाट आम्दानी गर्ने बारे चर्चा हुनेछ । प्रधानमन्त्री आवासका अडिटोरियम, दुई गेस्ट विङ्ग र एउटा चौरलाई भाडामा दिने तयारी गरिएको बताइएको छ । यसमा कूटनीतिक कार्यक्रम, अन्तर्राष्ट्रिय सेमिनार पनि आयोजना गर्न पाइनेछ । यसबाट सरकारले कमाइ गर्ने सोच रोको छ ।

इमरान सत्तामा आएपछि ३ वर्षमा पाकिस्तानको अर्थतन्त्र १९ बिलियन अमेरिकी डलरसम्म खुम्चिएको छ । इमरान प्रधानमन्त्री बनेपछि उनले देशको अर्थव्यवस्थालाई सही ठाउँमा ल्याउन सरकारी खर्चमा व्यापक कटौती गरेका छन् । यसका बावजुद देशको ऋण ४५ हजार अर्ब रुपैयाँ पुगिसकेको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!