२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

अफगानिस्तानको पन्जसिर लडाकुको आक्रमणमा परेर ३ सय तालिबानको मृत्यु

Logo
प्रकाशित मंगलबार, भाद्र ०८, २०७८

(ABC-Sanchar)
काठमाडौं । अफगानिस्तानको पन्जसिरमा रहेका तालिबानविरुद्धका लडाकुले आफ्नो आक्रमणमा ३ सय तालिबानहरु मारिएको दाबी गरेको छ। यसबीचमा देश छाडेर भागेका उपराष्ट्रपति अमरुल्ला सालेहले पनि पन्जसिर उपत्यकामा तालिबान पक्षलाई ठूलो क्षति भएको ट्विट गरेका छन्।

पन्जसिर लगायत केही स्थानमा अझै तालिबानले नियन्त्रण कायम गर्न सकेका छन्। सोमबार राति नै तालिबानहरु त्यसतर्फ अगाडि बढेका थिए। तालिबानविरुद्धको अभियानमा लागेका लडाकुहरुको एम्बुस र गोलाबारीमा परेर ३ सय तालिबान मारिएको बताइएको छ।

लडाकुले राजमार्ग छेकेका थिए। जसकारण तालिबानलाई बिचमा पारेर लडाकुले आक्रमण गरेको आशंका गरिएको छ। तालिबानले उनीहरुविरद्ध कडा आक्रमण गर्ने प्रयास गरेता पनि तालिबानविरद्धका लडाकु पनि युद्धको लागि तयार देखिएका छन्।

तालिबानविरुद्धका यी लडाकुहरु पूर्व सेना तथा प्रहरीहरुको समूह भएको बताइएको छ। उनीहरु लामो समयको युद्धको लागि तयार भएको बताइन्छ। यद्यपी तालिबानसँग वर्तामा बसेर आफ्नो माग पुरा गराउन पनि उनीहरु चाहने बताइन्छ। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!