२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

अफगानिस्तानमा तालिबानले एक पत्रकारको हत्या गरेको छन

Logo
प्रकाशित बिहिबार, भाद्र १०, २०७८


(एजेन्सी)
टोलो न्युजका पत्रकार जियार खानलाई तालिबानी लडाकुहरुले हत्या गरेका हुन् । उनलाई कुटेर मारिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा प्रकाशित समाचारमा उल्लेख छ । यी पत्रकार अफगानिस्तानमा गरिवीबारे रिपोर्टिङ गर्दै थिए ।

 

केही समयअघि भारतीय पत्रकार दानिश सिद्दिकीलाई तालिबानले गोली हानेर हत्या गरेको थियो ।

काबुल एयरपोर्टमा हमलाको खतरा

काबुल विमानस्थलमा अहिले निकै चिन्ताजनक अवस्था छ । यहाँ अफगानिस्तान छाड्न चाहनेहरुको भिड छ । यसैबीच अमेरिका, अष्ट्रेलिया र बेलायतले विमानस्थलमा हमला हुनसक्ने भन्दै आफ्ना नागरिकहरुलाई काबुल विमानस्थल नजान आग्रह गरेका छन् । विमानस्थल बाहिर बसेका व्यक्तिहरुलाई पनि त्यहाँबाट हट्न निर्देशन दिएका छन् ।

काबुल विमानस्थलको अगाडिको गेट, पूर्वी गेट वा उत्तरी गेटमा रहेकाहरुलाई त्यहाँबाट तत्काल हट्न अमेरिकी दूतावासले निर्देशन दिएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!