२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

विस्फोटमा मृत्यु हुनेको संख्या ११० जना पुग्यो,नेपालीहरु सुरक्षित

Logo
प्रकाशित शुक्रबार, भाद्र ११, २०७८

काठमाडौं । अफगानिस्थानको राजधानी काबुल एयरपोर्टमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ११० पुगेको छ।

१३ अमेरिकी सेना सहित अफगानी नागरिक सो हमलामा मारिएका हुन। अझै धेरै अस्पतालमा उपचार गराईरहेका छन।

आईएस आईएस समूहले सो हमलाको जिम्मेवारी लिएको छ। तालिबान समूहले सत्ताकब्जा गरेपछि विमानस्थलहरुमा देश छाड्नेहरुको भीड छ। अझै धेरै देशहरुले उद्धारलाई जारी राखेका छन।

यसैबीच, अफगानिस्थानमा उद्धारका लागि पखाईमा रहेका नेपालीहरु भने सुरक्षित अवस्थामा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रकी प्रवक्ता सेवा लम्सालका अनुसार अफगानिस्तानमा रहेका सम्पर्कमा आएका सबै नेपालीहरूलाई एक ठाउँमा राखिएको छ।

अहिले नै एयरपोर्ट जाने अवस्था नरहेका कारण उनीहरूलाई समय अनुकूल हुने बित्तिकै त्यहाँबाट जहाँ मिल्छ, त्यसै देश ट्रान्जिट पार्ने गरी उद्धार गर्ने तयारी रहेको उनले बताइन ।

नेपाल आफैले अहिले अफगानिस्तानबाट उद्धार गर्न सक्ने अवस्था नरहेका कारण तेस्रो देशसँग भनेर उद्धारका लागि कुर्नु पर्ने अवस्था रहेको छ
हालसम्म अफगानिस्तानबाट ७ सय भन्दा बढी नेपाली स्वदेश फर्किसकेका छन्। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!