१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

दाङमा सिडियो कुरुङबाङ्ग आएपछी अनुगमनमा भालुवाङका ३ ओटा पसललाई २-२ लाख जरिबाना

Logo
प्रकाशित मंगलबार, भाद्र २२, २०७८


(सागर थापा)
दाङ । जिल्ला प्रशासन कार्यालय दाङले मंगलबार लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ बजार अनुगमनमा ३ ओटा पसलबाट २-२ लाख रुपैयाँ जरिबाना
भालुवाङ २२ भदौ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङको अगुवाईमा मंगलवार भालुवाङ बजार अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा माँ लक्ष्मी मार्ट, पोख्रेल किराना पसलमा र रिजाल खाद्य भण्डारबाट लेबल नलागेको खाद्य सामाग्री र म्याद गुज्रेको समान फेला परेको । उक्त पसलहरुबाट म्याद गुज्रेको सामान जफत समेत गरिएको छ । भने प्रचलित कानुन अनुसार ३ वटै पसललाई पहिलो पटक २÷२ लाख रुपैयाँ जरिवना गरिएको छ ।

यसै गरी पुरानो भालुवाङ बजारमा रहेको ओम पाउरोटी उद्योगमा लेवल नलागेको राउरोटी फेला परेको छ । भने काजजात पुरा नगरेको, सरसफाई नभएको उद्योगमा सरफ र गुच्चा बिक्रीका लागि राखिएको देखिएको छ । त्यस्तै खाद्य तथा गुण नियन्त्रण कार्यालयमा उद्योग दर्ता नगरेकोले १ हप्ता भित्र उद्योग दर्ता नगरे उद्योग शिल गरिने सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले जानकारी दिएका छन् ।

अनुगमनका क्रममा अधिकांश पसलहरुमा मुल्य सुची नराखेको, पसल दर्ता तथा नवीकरण नगरिएको पाइएको छ । अनुगमनमा जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना खाद्य तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक शरद खनाल, घरेलु उद्योग कार्यालयका प्रतिनिधि, राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, इलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेम खवास, इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक भुवन भट्ट र पत्रकार ओम प्रकाश गुप्ता लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

error: Content is protected !!