१९ बैशाख २०८१, बुधबार
01-05-2024 , Wed
×

काठमाडौं भक्तपुरमा टिपरको ठक्करबाट १ जनाको मृत्यु, एक जना घाइते

Logo
प्रकाशित शनिबार, मंसिर ११, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । भक्तपुर अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्य विनायक नगरपालिका – ८ आदर्शमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
महानगरीय प्रहरी भक्तपुरका अनुसार जगातीबाट सूर्य विनायकतर्फ जाँदै गरेको बा३ख ५४२३ नम्बरको टिपरले शनिवार बिहानै विपरीत दिशाबाट आउँदै गरेको बा५७प ३११३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ललितपुर कुसुन्ती बस्ने २४ वर्षीया असीम लिम्बूको मृत्यु भएको हो।

स्कुटरको पछाडि बस्ने ललितपुरकै पाटन बस्ने २६ वर्षीय सन्दीप महर्जन गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका लिम्बू र महर्जनलाई तत्काल उपचारको लागि भक्तपुर सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालमा पुर्‍याइएको थियो। उपचारकै क्रममा चालक लिम्बूको मृत्यु भएको हो ।

गम्भीर घाइते महर्जनलाई थप उपचारका लागि ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पताल रिफर गरिएको छ।

प्रहरीले टिपर चालक किरण कँवर योगीलाई राधेराधेबाट नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]