१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

थाइल्याण्डमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

Logo
प्रकाशित मंगलबार, मंसिर २८, २०७८

(ABC-Sanchar)
बैंकक । सैन्य प्रशिक्षण उडानमा रहेको थाई हेलिकप्टर मङ्गलबार दुर्घटनाग्रस्त हुँदा चालक दलका दुवै सदस्यको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

लोप बुरी प्रान्तको आर्मी एभिएसन सेन्टरबाट तालिम उडानका क्रममा अन्य हेलिकप्टरसँग उडेको हेलिकप्टरमा बिहान ९:४० बजेतिर छिमेकी प्रान्त नाखोन सावनमा आगो लागेको र दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले सेनाको स्रोतलाई उद्धृत गर्दै बताएको छ।
उक्त दुर्घटना बारे थप अनुसन्धान शुरु गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

error: Content is protected !!