११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

जुवाडेको चेक फिर्ता प्रकरणमा एसएसपी अशोक सिंह र डिएसपीमाथि छानबिन सुरु

Logo
प्रकाशित बिहिबार, पुष १५, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । जुवाडेसँग बरामद भएका चेक आरोपीलाई नै फिर्ता गरेको घटनामा एसएसपी र डिएसपीमाथि छानबिन सुरु भएको छ । काठमाडौं प्रहरीका तत्कालिन प्रमुख एसएसपी अशोक सिंह तथा डिएसपी नरेन्द्र चन्दमाथि छानबिन सुरु भएको हो ।

गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले डिआइजी राजेशलाल कर्णको नेतृत्वमा छानबिन थालेको छ । छानबिन समितिमा एसपी आभूषण तिमल्सिना र डिएसपी सन्तोष तामाङ सदस्य छन् ।

सिन्धुलीका राजकुमार बरालको उजुरीका आधारमा छानबिन सुरु भएको हो । बराल साथी सुभाष भेटवालको अफिसमा गत असोजमा तास खेल्न गएका थिए । त्यहाँ आफ्नो चेक हराएको र भेटवालले दुई करोड २३ लाख फरेर पैसा दाबी गरेको पीडितको भनाई छ ।

बरालकै उजुरीका आधारमा प्रहरीले छानबिन थालेकोमा पछि भेटवालको पक्ष लिएर उनलाई पैसा दिन भन्दै दबाब दिएको थियो । पछि चेक समेत भेटवाललाई नै फिर्ता दिएपछि विवाद भएको हो। जसमा बरालले गृह मन्त्रालयमा उजुरी दिएका थिए ।

आरोपीको पक्ष लिने डिएसपी चन्द हाल जुम्लामा कार्यरत छन् । मुद्दा शाखामा हुँदा उनले यस्ता अन्य घटनामा पनि एकपक्षीय निर्णय गरेर पैसा कमाएको प्रहरी अधिकारीहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हो,धेरै वर्षदेखि कुरिएको नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ। *सुरुङको लम्बाइ २.६८ किमी मुख्य सुरुङ नेपालको सबैभन्दा लामो सडक सुरुङ जोड्ने काठमाडौंको नागढुङ्गा र धादिङको सिस्ने खोला पहिले ४५ मिनेट-१ घण्टा लाग्ने बाटो अब ५-६ मिनेटमै पार हुन्छ वर्षामा पहिरो, जाम र दुर्घटना घट्ने। तराई-मधेसबाट काठमाडौं आउने सवारीलाई धेरै राहत […]

रुपन्देही । सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलले लुम्बिनी प्रदेशको भारतसँग जोडिएको ३ वटा जिल्लाको सीमा क्षेत्रको फिल्ड अनुगमन गर्नुभएको छ । पश्चिम नवलपरासी कपिलवस्तु कृष्णनगर नाका पर्ने जिल्ला रुपन्देही बेलहिया,भैरहवा नाका पर्ने जिल्ला पुगेर निर्देशन दिदै सशस्त्र प्रहरी IGP पौडेलले ती जिल्लाका सशस्त्र प्रहरीका बाहिनी, गण, गुल्म, बोर्डर आउट पोष्ट र सुरक्षा पोष्टमा […]

काठमाडौं । स्वास्थ्य ऐन, २०७५ ले स्वास्थ्य संस्था बाहेकलाई एम्बुलेन्स सञ्चालन गर्न रोक लगाएपछि नवीकरण हुन नसकेर ती एम्बुलेन्स थन्किएका हुन्। संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) का अध्यक्ष नवराज लामिछानेका अनुसार स्वास्थ्य संस्थाबाहेकले सञ्चालन गरेका एम्बुलेन्स नवीकरण भएका छैनन्। यो सङ्ख्या अरु थप एक हजार ५०० रहेको उनले जानकारी दिए। देशभरमा ६ […]

error: Content is protected !!