(नन्दु यादव)
नवलपरासी । परासी क्षेत्रमा जनमतका कार्यकर्ताले टायर बालेपछि सयौं गाडी अलपत्र परेका छन् ।
सिरहामा गहुंको बीउ लुकटेको भन्दै चार जना किसानमाथि मुद्दा दर्ता गराएको र एक जनालाई प्रहरीले पक्राउ गरेपछि जनमत पार्टी आन्दोलित बनेको छ । पार्टीले आज अनिश्चित कालकाे लागि मधेशमा रहेकाे २२ जिल्लामा चक्काजाम गरिने जनमत पार्टी का केन्द्रीय सदस्य बि जि चाैधरीले जानकारी दिनु भयाे । जनमत पार्टी नवलपरासी कि कार्यबाहक अध्यक्ष शारदा चाैधरी काे हस्ताक्षर रहेकाे विभिन्न माग राख्दै प्रेस बिज्ञप्ति नै जारि गरिएकाे छ जस अन्तर्गत किसान माथि लगाइएकाे मुद्दा फिर्ता गर ,किसान काे बालि नालीका समयमा पानी ,मल खाद बिउबिजन उपलब्ध गर ,उचितलमुल्य निर्धारण ,प्राकृति समस्याबाट क्षतिहुने बालिकाे राहत देउ ,स्थानिय निकायमा भईरहेकाे भ्रष्टाचार काे छानबिन गरि कार्वाहि गर लगायतकाे माग राख्दै जनमत पार्टी अान्दाेलित बनेकाे बताईएकाे छ ।चक्काजाम लाई यातायात उद्योग कलकारखाना व्यापार ब्यवसाय बन्द गरि सहयाेग गरिदिन समेत बिज्ञ्पति मार्फत अपिल गरिएकाे छ ।अन्यथा चक्काजाम लाई बेवास्ता गरे त्यसबाट हुने क्षति सरकार र अटेरि गर्ने नै बेहाेर्नुपर्ने समेत चेतावनी दिएकाे छ ।