११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

दाङका सिडियोले गरे मालपोतको छड्के अनुगमन मात्र कार्वाही गर्ने कहिले ?

Logo
प्रकाशित शनिबार, पुष १७, २०७८

(ABC-Sanchar)
दाङ । जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सरकारी कार्यालयहरुको अनुगमनलाई गरेका छन् । कार्यालयबाट सेवाग्राहीले सहज, सरल र छिटो सुविधा पाउछन् कि पाउदैनन् भनेर ति कार्यालयहरुको अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । इलाका प्रशासन कार्यालय लमही आएको समयमा प्रमुख जिल्ला अधिकारी रेग्मीले लमहीस्थित मालपोत कार्यालय पुगेर त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिएका थिए । मालपोत कार्यालय लमहीका प्रमुख मान बहादुर कुँवरसंग सेवा लिन आउने सेवाग्राहीलाई मित्रवत व्यवहार गर्दै सेवा प्रदान गर्न निर्देशन दिए । साथै प्रजिअ रेग्मीले कानून व्यवसायीहरुले सेवाग्राहीसंग काम गरे बापत लिने शुल्कमा नेपाल सरकारका तर्फबाट आफ्नो उपस्थितिमा स्थानीय जनप्रतिनिधि, कानून व्यवसायी, कर्मचारी बसेर रेट निर्धारण गर्नु पर्ने बताएका छन् ।

लमही मालपोत कार्यालयको सबै फाँटमा पुगेर कर्मचारीसंग कार्य सम्पादनमा केहि समस्या छ कि छैन, सेवाग्राहीलाई सेवा दिंदा कसरी प्रस्तुत हुनुहुन्छ भन्दै प्रश्न गरेका थिए । कर्मचारीहरुलाई जनताको सेवा गर्दै आफ्नो कार्यकौशलता देखाउन समेत निर्देशन दिएका छन् ।
त्यस्तै जिल्लाभरिका सबै सरकारी कार्यालयहरुले जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्नु पर्छ भन्ने छाप बसाल्नु पर्ने प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाई छ । तर यता नागरिकहरु भन्छन् सिडियोको अनुगमन मात्र हो कि कार्वाही गर्ने कहिले हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!