३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

जनमतको आन्दोलनले उग्र रुप लिन थाले पछी प्रहरीले गोली चलायो ५ जना घाइते

Logo
प्रकाशित आइतबार, पुष १८, २०७८

ABC (क्राईमबिट)
धनुषा । प्रहरीको गोली लागेर जनमत पार्टीका पाँचजना घाइते भएका छन् । नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साहलाई गोली लागेको हो । वैजनाथ र नथुनीको टाउकोमा तथा अन्यको खुट्टामा गोली लागेको बुझिएको छ ।

गोली लागेर गम्भीर घाईते उनीहरुलाई वीरेन्द्रबजार लगिएको छ । टाउँकोमा गोली लागेका २ जनाको अवस्था चिन्ताजनक छ । धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रु ग्यास प्रहार गरिएको हो ।

यस्तै झडपका क्रममा नेपाल प्रहरीका एक जना र सशस्त्र प्रहरीका एक गरी दुई जनासमेत घाइते भएको प्रवक्ता एवं डीएसपी बस्नेतले बताए ।

बिहानैदेखि बन्द रहेको पूर्वपश्चिम राजमार्ग भने सञ्चालनमा आइसकेको उनले बताए ।

किसानलाई समयमै मल खाद्य उपलब्ध गराउनुपर्नेसहितका माग राख्दै जनमत पार्टीले गत पुस १५ गतेदेखि मधेशका जिल्लामा पूर्व पश्चिम राजमार्गमा चक्काजाम गर्दै आएका छन् । उनीहरुले चक्काजाम गर्दा प्रदेश २ का जिल्लामा प्रायः प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!