०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

बाघको आतंक जारी महिलाको मृत्यु बाँके राष्ट्रिय निकुञ्ज घाम तापेर बस्दै ?

Logo
प्रकाशित बिहिबार, पुष २२, २०७८


ABC (क्राईमबिट)
बाँके । बैजापुर जंगलमा पाटेबाघले आक्रमण गर्दा महिलाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ पर्सोना निवासी ५४ वर्षीया महिला लिला बिष्टको मृत्यु भएको हो । प्रहरीका अनुसार जंगलमा घाँस काट्न गएको बेलामा बिहीबार मध्यान्ह १२ बजेतिर बाघले आक्रमण गरेको थियो ।

गाउँका तीन जना महिलाहरु स्थानीय जलहन सामुदायिक वनको तीनपाने भन्ने स्थानमा घाँस काट्न गएका थिए । घाँस काट्न गएकी विष्टलाई एक्कासी बाघले झम्टेको थियो । उनलाई घिसार्दै घटनास्थलबाट करिव २० मिटर पर लगेर खादै गरेको अवस्थामा प्रहरीले दुई राउण्ड हवाई फायर गरेर शव नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज(प्रहरी नायव निरीक्षक मुकुन्द सिग्देलले जानकारी दिए ।

‘बाघले महिलालाई आक्रमण गरेको जानकारी पाउने वित्तिकै हामीहरु घटनास्थलमा पुग्यौं, बाघले मारेर खाइरहेको अवस्थामा दुई राउण्ड हवाई फायर गरेर शवलाई नियन्त्रणमा लिएका छौं,’ उनले भने । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ को जंगलमा केहीदिन यता पाटेबाघ देखा परिरहेको स्थानीय बासिन्दा बताउँछन् ।

यसअघि बुधबार जंगलमा पात टिप्न गएको अवस्थामा एक जना महिलालाई पनि आक्रमण गरेको थियो । तर, उनी बाँच्न सफल भएकी थिइन् । बाँकेमा तीन महिनाको अवधिमा मात्रै बाघको आक्रमणबाट यो सहित ३ जनाको मृत्यु भइसकेको छ । यता बाघले निरन्तर मान्छे मारिरहेको बेलामा बाँके राष्ट्रिय निकुञ्ज भने घाम तापेर बसेको स्थानीयहरु आरोप लगाउछ्न । बाघलाई नियन्त्रणमा लिन न सक्नुको कारण पनि बाँके राष्ट्रिय निकुञ्जको ठुलो कमजोरी रहेको आक्रोशित नागरिकहरुले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!