२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

बाँकेको ट्राफिक प्रमुखमा हिमालय शाह दुर्घटना न्यूनीकरण पहिलो प्राथमिकता

Logo
प्रकाशित शुक्रबार, पुष २३, २०७८

(महेन्द्र सिंह)
बाँके । नेपालगञ्जमा पछिल्लो समय दुर्घटना निकै बढेपछि दिउँसै मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने गरेको गुनासो आए पछी । जाडोयाम दिउँसै मापसे गरेर सवारी साधन चलाउने गरेका कारण दुर्घटनाको जोखिम बढेपछि ट्राफिक प्रहरीले उनीहरु विरुद्ध कडाइ गर्ने भएको छ ।

जिल्ला ट्राफिक कार्यालय बाँकेको कमाण्ड सम्हालेको करिव दुई सातापछि शुक्रवार कोहलपुरमा पत्रकारहरुसँग परिचयात्मक कार्यक्रममा बोल्दै बाँके जिल्ला ट्राफिक कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक हिमालय शाहले दुर्घटना न्यूनीकरण पहिलो प्राथमिकता भएको जानकारी दिए ।

जाडो मौसममा दिउँसै मापसे गर्ने गरेको पाइएपछि यसअघि साँझको समयमा हुँदै आएको सरप्राइज चेकिङलाई दिउँसो समेत गरिने जानकारी दिए । उनले अटो रिक्सा, ई रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय गरेर ई रिक्सा दर्ताको काम भइरहेको पनि जानकारी दिए ।

नेपालगञ्ज र कोहलपुर क्षेत्रमा मालबाहक सवारी साधान तोकिएको समयमा लोड अनलोड गर्ने व्यवस्था मिलाउन पहल गरिने उनको भनाइ छ । अनटेष्ट र नम्वर प्लेट स्पष्ट नभएका सवारी साधानहरुमा नम्वर प्लेट बनाउन लगाउने कार्यलाई पनि कडाइ गरिने उनले बताए ।

भएको जनशक्ति र स्रोतसाधनको उपयोग गरेर दुर्घटना न्यूनिकरणको प्रयास गरिने उल्लेख गर्दै उनले आफ्नो कार्यकालमा ट्राफिक व्यवस्थापनमा सुधारको महशुस गराउने प्रतिबद्धतासमेत जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही पूर्व-पश्चिम राजमार्गदेखी दक्षिण तर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । आफू सुत्ने कोठामा खनाल मृत फेला परेका छन् । घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान चलिरहेको छ ।खनालले आत्महत्या गरेको हुन सक्ने दाङ प्रहरीको अनुमान छ ।

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

error: Content is protected !!