(ABC-Sanchar)
बाँके । शुक्रबार भारतका विभिन्न राज्यबाट आएका ३७ जनामा कोरोना पुष्टि भएको जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले बताए । एन्टिजिन विधिबाट कोरोना परीक्षण गर्दा बिहीबार २७, बुधबार र मंगलबार ५/५ र सोमबार १० जनामा कोरोना पुष्टि भएको थियो ।
सोमबार यता भारतबाट आएका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको ज्ञवालीले जानकारी दिए ।