११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

बाँकेमा कोरोना बढेपछि स्वास्थ मापदण्ड अपनाउन जिल्ला प्रशासनको अनुरोध

Logo
प्रकाशित सोमबार, पुष २६, २०७८


ABC (क्राईमबिट)
बाँके । कोभिड बढेपछि बाँकेमा सक्रिय बन्यो डिसीसीएमसी, यस्ता छन् निर्णय
नेपालगञ्ज । कोभिड फेरि बढ्न थालेपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँके (डिसीसीएमसी) ले पूर्व तयारी स्वरुप सक्रियता बढाएको छ । डिसीसीएमसीले नेपालगञ्ज उपमहानगरपालिकाको बाल मन्दिरमा संचालित आइसोलेसनलाई संस्थागत आइसोलेसनका रुपमा संचालनमा ल्याउन नेपालगञ्ज उपमहानगरपालिकालाई अनुरोध ग र्ने निर्णयगरेको छ ।

जमुनाहा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको एन्टिजेन परीक्षण गर्दा कोभिड संक्रमितहरु धेरै संख्यामा देखिन थालेपछि उनीहरुको व्यवस्थापनका लागि बाल मन्दिरको आइसोलेसनलाई संस्थागतरुपमा संचालनमा ल्याउन नेपालगन्ज उपमहानगरपालिकालाई अनुरोध गर्ने निर्णय गरेको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यस्तै जमुनाह नाकामा एन्टिजेन परीक्षणका क्रममा कोभिड संक्रमण देखिएकालाई आइसोलेसन सेन्टरसम्म ल्याउनका लागि जमुनाहा नाकामा रहने गरी एम्बुलेन्स व्यवस्थापनको जिम्मेवारी लिन आइएनएफ नेपालको साइनिङ अस्पताल र भेरी अस्पताललाई अनुरोध गर्ने निर्णय गरेको छ । दुवै एम्वुलेन्स चालकको प्रोत्साहन भत्ता आइएनएफले व्यहोर्ने निर्णय भएको छ ।

यस्तै दिन प्रति दिन संक्रमण बढ्दै गएकाले शिघ्र समन्वय र व्यवस्थापनको जिम्मा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार सोनकार, स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन श्रेष्ठ, जिल्ला आपतकालीन कार्य संचालन केन्द्रका सूचना अधिकारी रुपन ज्ञवाली र केन्द्रका फोकल पर्सन तेज वलीलाई दिने निर्णय बैठकले गरेको श्रेष्ठले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

काठमाडौं । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएका छन्। श्रावण सोमबारको स्नानका लागि हिँडेका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो घटनाको तत्काल जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ, जुन […]

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा राति भएको हिंसात्मक झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु तथा थप १० जना गम्भीर घाइते भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। बोलबम जाने तयारी भइरहेका बेला डिजे बाजा बजाउने विषयमा दुई समुदायबीच भएको विवादले उग्र रूप लिएपछि हिंसात्मक झडप भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा […]

error: Content is protected !!