११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

स्याङ्जामा दोहोरो नागरिकता बनाउने वडाध्यक्ष र सदस्यले १ लाख ३५ हजार घुस लिए

Logo
प्रकाशित शनिबार, माघ ०१, २०७८


ABC (क्राईमबिट)
स्याङ्जा । वडाध्यक्ष र वडा सदस्यले नागरिकता बनाइदिन्छु भनेर एक लाख ३५ हजार घुस लिएको फेलापरेको छ । स्याङ्जाको भीरकोट नगरपालिका–९ का वडाअध्यक्ष भीमबहादुर गुरुङ र वडा सदस्य कुलबहादुर गुरुङले सेवाग्राहीसँग नागरिकता बनाइदिन्छु भनेर घुस लिएको पाइएको हो ।

वडाध्यक्ष भीमबहादुरले आर्थिक प्रलोभनमा परी दोहोरो नागरिकता बनाउन झुटो विवरणका आधारमा बदनियत तरिकाले गलत सिफारिस गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगले आज वडाध्यक्ष भीमबहादुर विरुद्ध बिगोअनुसारको कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

काठमाडौं । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएका छन्। श्रावण सोमबारको स्नानका लागि हिँडेका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो घटनाको तत्काल जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ, जुन […]

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा राति भएको हिंसात्मक झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु तथा थप १० जना गम्भीर घाइते भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। बोलबम जाने तयारी भइरहेका बेला डिजे बाजा बजाउने विषयमा दुई समुदायबीच भएको विवादले उग्र रूप लिएपछि हिंसात्मक झडप भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा […]

error: Content is protected !!