२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

नेपालगन्जमा ८५ जनामा कोरोना संक्रमण देखियो आम समुदायमा फ़ैलिने खतरा

Logo
प्रकाशित आइतबार, माघ ०२, २०७८

(ABC-Sanchar)
बाँके । पछिल्लो २४ घण्टामा बाँकेमा गरिएको परीक्षणमा थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लामा रहेका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३ जनामा संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

तीन वटा प्रयोगशालामा १ सय ३ जनाको नमूना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल नेपालगन्जमा ४४ नमुना परीक्षण गर्दा २८ जना, मेडिकल कलेज कोहलपुरमा ३४ नमुना परीक्षण गर्दा १६ र बागेश्वरीको ल्याबमा गरिएको २५ नमुना परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको थियो ।

संक्रमित पुष्टि भएकामध्ये बाँकेका १४ महिला र २५ पुरुष गरेर ३९ जना रहेको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । योसँगै बाँकेमा कूल संक्रमितको संख्या १८ हजार ६ सय ६२ पुगेको छ ।

शनिबार थपिने नयाँ संक्रमितहरुमा नेपालगन्ज, खजुरा, डुडुवा र कोहलपुरका धेरै रहेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । यस्तै जमुनाह नाकामा रहेको हेल्थ डेस्कमा शनिबार थप ३२ जनामा संक्रमण देखिएको थियो ।

भारतका विभिन्न सहरबाट आएका ३१५ जना मानिसहरुको एन्टिजेन परीक्षण गर्दा ३२ जनामा कोरोना देखिएको हो । शनिबार बाँकेमा थप २ जनामात्र कोरोना जितेर डिस्चार्ज भएका थिए । हालसम्म जिल्लामा कोरोना संक्रमित हुने संख्या १८ हजार १ सय ६३ पुगिसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!