१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

नेपालगन्जमा ८५ जनामा कोरोना संक्रमण देखियो आम समुदायमा फ़ैलिने खतरा

Logo
प्रकाशित आइतबार, माघ ०२, २०७८

(ABC-Sanchar)
बाँके । पछिल्लो २४ घण्टामा बाँकेमा गरिएको परीक्षणमा थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लामा रहेका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३ जनामा संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

तीन वटा प्रयोगशालामा १ सय ३ जनाको नमूना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल नेपालगन्जमा ४४ नमुना परीक्षण गर्दा २८ जना, मेडिकल कलेज कोहलपुरमा ३४ नमुना परीक्षण गर्दा १६ र बागेश्वरीको ल्याबमा गरिएको २५ नमुना परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको थियो ।

संक्रमित पुष्टि भएकामध्ये बाँकेका १४ महिला र २५ पुरुष गरेर ३९ जना रहेको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । योसँगै बाँकेमा कूल संक्रमितको संख्या १८ हजार ६ सय ६२ पुगेको छ ।

शनिबार थपिने नयाँ संक्रमितहरुमा नेपालगन्ज, खजुरा, डुडुवा र कोहलपुरका धेरै रहेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । यस्तै जमुनाह नाकामा रहेको हेल्थ डेस्कमा शनिबार थप ३२ जनामा संक्रमण देखिएको थियो ।

भारतका विभिन्न सहरबाट आएका ३१५ जना मानिसहरुको एन्टिजेन परीक्षण गर्दा ३२ जनामा कोरोना देखिएको हो । शनिबार बाँकेमा थप २ जनामात्र कोरोना जितेर डिस्चार्ज भएका थिए । हालसम्म जिल्लामा कोरोना संक्रमित हुने संख्या १८ हजार १ सय ६३ पुगिसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । बुटवलबाट बर्दघट तर्फ जाँदै गरेको चौधरी ट्रवल्सको लु 1 ख ८९४७ नम्बरको बसले सोहि दिसामा औधोगिक क्षेत्र भित्र कार्यालय जाँदै गरेको लु २१ प २१५७ नम्बरको मोटर्साईकल लाई ठक्कर दिदा मोटर साइकलमा सवार २ जना घाईते भएका छन । बस लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग जारी द्वन्द्व अन्त्य गर्ने संकेत दिएका छन् । उनले अमेरिका छिट्टै ईरानबाट आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रियामा जाने बताएका छन् । ट्रम्पका अनुसार अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र ईरान छोड्ने तयारीमा छ । ट्रम्पले यो जानकारी ओभल अफिसबाट दिएका हुन् । उनले ईरानमा लक्ष्य पूरा भइसकेको दाबी […]

काठमाडौं । १. म सरकारकाे नेतृत्व गरिरहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे ‘सदस्य’ मात्र हुँ। पार्टीकाे सांगठनिक संरचनामा कतै पनि निर्णयाधिकारी हाेइन, सुझावकर्ता मात्र हुँ। २. अधिकांश मन्त्रीसँग मेराे सामान्य चिनजान बाहेक तपाईंहरूले साेचेकाे जस्ताे ‘घनिष्ठ’ सम्पर्क र सम्बन्ध छैन। त्यसैले तपाईंहरूकाे विविध चासाे र चिन्ता म श्रवण मात्र गर्न सक्छु। सम्बाेधन गर्न नसक्ने व्यहाेरा श्रवणकाे मात्रै […]

error: Content is protected !!