
ABC (क्राईमबिट)
बाँके । नेपालगन्ज वीपी चोक धम्बोजी चोक, सेतु विक चोक, त्रिभुवन चोक, कारकाँदो चोक र विशाल चोकका प्रहरी बिटमा शनिबार एउटा-एउटा हिटर वितरण गरिएको हो । अत्यधिक चिसोको कारण चोकको सुरक्षा विटमा खटिने प्रहरीलाई समस्या परेको देखेपछि हिटर सहयोग गरेको सचिव कायस्थले प्रष्ट पारे । लायन्स क्लबका कार्यकारी प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, लायन्स क्लब नेपालगन्जका अध्यक्ष राजन राना मगर, लियो क्लबका जिल्ला सल्लाहकार विवेक श्रेष्ठ, लियो क्लब अफ सिद्धि विनायकका चार्टर अध्यक्ष निलेस श्रेष्ठ र लियो क्लब अफ नेपालगन्ज सिटी अध्यक्ष अंशु थापा मगरको उपस्थिति रहेको थियो ।