ABC (क्राईमबिट) बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० स्थित भन्सार छली ल्याउदै गरेका सामानहरु जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेका छ । प्रहरीका अनुसार, भन्सार छलीका लत्ता कपडा, जुत्ता, सुपारी, ब्येरीङ गरी कुल जम्मा अन्दाजी मुल्य १,५७,४५०।– एक लाख सन्ताउन्न हजार चार सय पचास रुपैया बराबरको सामान प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरेका उक्त सामान थप आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्ज बाँकेमा पठाईएको बाँके एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिनुभएको छ ।