१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

बाँके एसपी श्यामकृष्ण अधिकारीले ६ महिनाको उपलब्धिहरु सार्वजनिक

Logo
प्रकाशित मंगलबार, माघ ०४, २०७८

ABC (क्राईमबिट)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा आज पत्रकार सम्मेलन गरेर चालू आर्थिक बर्षको ६ महिनामा हासिल गरेका उपलब्धिहरु सार्वजनिक गरेको हो ।

भारतीय प्रहरीको समन्वयमा बाँके प्रहरीले भारतमा समेत लागूऔषधको कारोबार गर्ने कारोबारीहरुलाई ठूलो परिणामको लागूऔषधसहित पक्राउ गरेको जनाएको छ । बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले ६ महिनामा २६५ ग्राम ६१० मिलीग्राम ब्राउनसुगर बरामद गरिएको बताए । चरेश ४ किलो ३७५ ग्राम बरामद गरिएको छ । उनले ८८ जना लागूऔषध कारोबारी पक्राउ परेको बताए । ६ महिनामा १३९ जना फरार अभियुक्त पक्राउ परेका छन् ।

४ किलो बढी सुनसहित दुई जना सुन तस्कर यो अवधिमा पक्राउ परेका छन् । सुन भनेर नक्कली धातु विक्रि गर्ने दुई जनालाई पनि बाँके प्रहरीले पक्राउ गरेको छ । एसपी अधिकारीले भन्सार चोरी पैठारीमा २७ जनालाई पक्राउ गरेको बताए । यो अवधिमा ४ करोड ३६ लाख बराबरको सामान बरामद गरिएको छ । २० लाख बराबरका अवैध कुखुरा र माछासहित ७ जनालाई पक्राउ गरी क्वारेन्टाइन कार्यालय बुझाइएको छ ।
यस्तै विभिन्न जनावरको छाला, हड्डी र अंगसहित १० जना पक्राउ परेका छन् । अवैध हतियारसहित ४ जना, अवैध काठसहित ३ जना र जुुवातास खेल्ने ६१ जनालाई पक्राउ गरी कारवाही गरिएको बाँके प्रहरीले जनाएको छ । चालू आर्थिक बर्षको ६ महिनामा विभिन्न शिर्षकमा ९ करोड ३९ लाख राजश्व संकलन गर्न बाँके प्रहरी सफल भएको छ । जबकि गत बर्ष यही अवधिमा २ करोड ७५ लाख मात्र राजश्व उठेको थियो ।

विभिन्न प्रलोभनमा पारी नेपालबाट भारततर्फ जाँदै गरेका ९२ जना महिला र ३४ जना पुरुषलाई उद्दार गरी अभिभावकको जिम्मा लगाएको एसपी अधिकारीले बताए ।

बरामद गरिएको ब्राउन सुगर, ठूलो परिमाणको नाइट्रोभेट टयाबलेट, कोरेक्स लगायतका लागूऔषध सबैको रोबहरमा नस्ट गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले देश, समाज तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका तथा जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेका राष्ट्रिय व्यक्तित्वहरूको सम्मानस्वरूप पुनःनिर्माण गरिएका ऐतिहासिक सालिकहरूको एक कार्यक्रमबीच अनावरण गरेको छ । नगर प्रमुख प्रशान्त विष्टले बिहान विभिन्न स्थानमा स्थापित ६ वटा सालिकको अनावरण गरेका हुन् । संविधान पिता, नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री […]

error: Content is protected !!