ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी सीमामा आवतजावत व्यवस्थापनदेखि उपचारसम्म फ्रन्टलाइनमा खटिएको छ। कोरोनाको संक्रमण पनि बढ्दै गईरहेको छ। यसै क्रममा सशस्त्र प्रहरीका प्रवक्ता समेत रहेका डिआइजी मन्दिप श्रेष्ठ र पशुपति बाहिनीका प्रमुख डिआइजी बंशी दाहाललाई कोरोना संक्रमण देखिएको छ। सशस्त्रमा अन्य कर्मचारीमा पनि संक्रमण बढेको छ।