१३ साउन २०८३, बुधबार
29-07-2026 , Wed
×

कोहलपुरमा ट्रकले ठक्कर दिदा १ जनाको मृत्यु ट्रक चालक फरार

Logo
प्रकाशित शुक्रबार, माघ ०७, २०७८

ABC (क्राईमबिट)
बाँके । नेपालगन्जबाट कोहलपुरतर्फ आइरहेको ट्रकले ठक्कर दिदा धर्मकाँटामा कारर्यत नेपालगन्ज– ७ का त्रिलोक केसीको ट्रकले ज्यान लिएको हो ।

त्यहाँ रहेको धर्मकाँटामा कार्यरत उनलाई ट्रक रोक्न खोज्दा ठक्कर दिएको कोहलपुर प्रहरीले अनुमान गरेको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार केसीलाई भे १ क १९९९ नम्बरको ट्रकले ठक्कर दिएको थियो । फरार रहेको ट्रक र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । धर्मकाँटा भेरी ट्रक र नेपालगन्ज ट्रक व्यवसायी प्रालिले सञ्चालन गरिरहेका छन् ।

धर्मकाँटामा कार्यरत कर्मचारीहरुले नेपालगन्जतर्फबाट आउने ट्रकहरुलाई रोकेर चेकजाँच गर्ने गर्दछन् । बुधबार राती समेत सोही क्रममा केसीलाई ट्रकले किचेर भागेको हो । यसअघि समेत धर्मकाँटामा कार्यरत कर्मचारीहरुले आफ्ना समिति बाहेक अन्य समितिका ट्रकहरुलाई समेत सडकमा आएर जबरजस्ती रोक्ने गरेका थिए । यसबारे थप अनुसन्धान भइरहेको कोहलपुर प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]

error: Content is protected !!