
ABC (क्राईमबिट)
बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० बाट ई-रिक्साको डिक्की र हुडमा लुकाईछिपाई गरी नेपालबाट भारततिर लैजादै गरेको अवस्थामा बुधबार ठूलो मात्रामा अबैध सुपारी बरामद गरेको जनाएको छ ।
प्रहरीले उक्त रिक्साबाट अन्दाजी २ लाख १० हजार रुपैयाँ बराबरको अबैध सुपारी बरामद गरेको जनाएको छ । बरामद गरेको उक्त सुपारी र ई-रिक्सालाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाएको छ । सुपारी बोकेको उक्त रिक्साका चालक भने प्रहरीलाई देख्ने बित्तिकै भागेको बाँके प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिनुभएको छ ।